‘Siguen revisando los permisos': Sheinbaum sobre presunta mega bodega de huachicol en Guanajuato

‘Siguen revisando los permisos': Sheinbaum sobre presunta mega bodega de huachicol en Guanajuato
View on original source
فئة: رياضات
مشاركة
الأرشيف
إعجاب
कबड्डीमा सेमिफाइनल पुग्ने टोलीले पदक पाउने प्रावधान छ, त्यस हिसाबमा नेपाली महिला टोलीले कम्तीमा पदक जित्ने पक्का छ । नेपाली महिला कबड्डी टोलीले श्रीलंकालाई ३४–२५ अंकले पराजित गर्दै एसियाली खेलकुदमा लगातार दोस्रो पदक पक्का गरेको छ। कांस्यमा सीमित नरहने लक्ष्यसहित नेपालले सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्नेछ। पुरुष टोलीले भने प्रतियोगिताको अन्तिम खेलमा मलेसियालाई ७३–५२ ले हराउँदै एसियाड यात्रा टुंग्याएको छ। नागोया — नेपाली महिला कबड्डी टोलीले २० औं एसियाली खेलकुदमा पदक जित्ने पक्का भए पनि त्यहीं रोकिन चाहँदैन । जापानको नागोयामा जारी प्रतियोगितामा बिहीबार श्रीलंकालाई ३४–२५ अंकले पराजित गरेसँगै नेपाल सेमिफाइनल पुगेको छ । कबड्डीमा सेमिफाइनल पुग्ने टोलीले पदक पाउने प्रावधान छ । त्यस हिसाबमा नेपालले कम्तीमा कांस्य पदक जित्ने पक्का भएको हो । नेपाल समूह 'बी' को उपविजेताको रूपमा सेमिफाइनल पुगेको हो । नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने छ । भारतले अन्तिम दिन समूह चरणमा जापानलाई ५०–२५ को स्कोरमा पराजित गरेको थियो । भारतले समूह 'ए' विजेता बन्नेक्रममा सबै ३ खेल जित्यो । अर्को सेमिफाइनल चाइनिज ताइपेई र इरानबीच हुनेछ । मानमती विष्टको कप्तानीमा रहेको नेपालले तोकाई सिटिजन जिम्न्याजियममा श्रीलंकाविरुद्ध सानदार विजय निकाल्यो । सन् २०२३ मा चीनको हाङचाउमा भएको एसियाली खेलकुदमा डेब्यूमै नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो । 'एकदमै राम्रो महसुस भइरहेको छ, किनभने हामीले धेरै मिहिनेत गरिरहेका छौं, राष्ट्रिय खेलकुद परिषद्ले पनि दुई वर्ष हामीलाई निकै ध्यान दिएर प्रशिक्षण गर्ने व्यवस्था मिलाइदिनुका साथै सुविधाहरू दियो,' सेमिफाइनल पुगेसँगै पदक निश्चित भएपछि उत्साही हुँदै मानमतीले भनिन्, 'आज हामीले त्यसैको प्रतिफल पाएर सेमिफाइनल पुगेका छौं । कबड्डी संघले पनि हामीप्रति धेरै विश्वास र भरोसा देखाएको छ ।' मानमतीसँग अब एसियाली खेलकुदको दुई पदक हुनेछ । तीन वर्षअघि चीनमा कांस्य जित्दा मेनुका राजवंशी नेपाली कबड्डी टोलीकी कप्तान थिइन् । तर उनी त्यसपछि शान्तिसेनामा गएयता मानमतीले नेपाली टोलीको कप्तानी सम्हालेकी छन् । मानमती र मेनुकासँगै जयन्ती बडु, रबिना चौधरी, सिर्जनाकुमारी थारु, गंगा घिमिरे गत एसियाड खेल्दै पदक जित्ने खेलाडी हुन् । 'पहिला पनि हामीले पदक ल्याउँदा म्याट थिएन, हल पनि थिएन । अहिले पनि छैन, तर त्यही चिजमा अल्झिरहेको भए आज हामी यहाँ हुँदैनथ्यौं, हामीले आफ्नो पदकलाई सुरक्षित राख्नुपर्छ । यत्तिमात्र होइन, हामी आफ्नो स्तर पनि अगाडि बढाउँदैं लैजाने उद्देश्य राखेर खेलिरहेका छौं,' मानमतीले भनिन्, 'हामी यत्तिमै सन्तुष्ट छैनौं । सेमिफाइनलमा ठूलो पर्खाल भारत छ तर हामी पनि कम छैनौं । हामीसँग त्यो आत्मविश्वास छ । हामी त्यो खेल जित्न पूरा प्रयास गर्नेछौं ।' श्रीलंकासँग कमजोर सुरुआत गरेको नेपालले पहिलो हाफमा १९–१३ स्कोर जोड्यो । रेडमा निकै कमजोर देखिएको नेपालले डिफेन्डमा उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण अंक बटुलेको हो । नेपालले आउटमा १४, बोनसमा २, अलआउटमा २ र सुपर ट्याकल्समा १ अंक जोडेको थियो । दोस्रो हाफमा नेपालले १५ स्कोर गर्‍यो भने श्रीलंकाले ११ स्कोरमात्र गर्न सक्यो । नेपालले यसअघि थाइल्यान्डलाई ४६–४३ अंकले हराएको थियो भने चाइनिज ताइपेईसँग ३७–१८ स्कोरमा खेल गुमाएको थियो । श्रीलंका पहिलो दुई खेलमा थाइल्यान्डसँग ४०–२८ ले र ताइपेईसँग ३७–१८ ले हारेको थियो । नेपाली टोलीका प्रशिक्षक पार्वती राई पछिल्लो एसियाडमा पनि थिइन् । प्रतिद्वन्द्वीलाई हेरेर खेल रणनीति बनाएको बताउँदै आफ्नो टिमलाई लामो समयदेखि हेर्न पाउँदा खेलाडीहरू घुलमिल हुनका साथै उनीहरूको कमीकमजोरी हेर्न सजिलो भएको सुनाइन् । 'निश्चित जित्ने थियौं भन्यो भने घमण्ड गरे जस्ते हुन्छ, जितेर घमण्ड पनि गरेको होइन, तर हामी श्रीलंकालाई जित्ने नै थियौं,' उनले भनिन्, 'यो भन्दा अगाडि पनि श्रीलंकाको खेल देखेको पनि हो र खेलेको पनि हो । त्यसैले पनि हामीलाई अलिक सजिलो भयो । मैले हाम्रा खेलाडीलाई मानसिक रूपमा तयार पारेको छु, लगातार दुई पदकसँगै नेपाली महिला कबड्डीका लागि यो एतिहासिक यात्रा हुनेछ ।' पुरुष टोलीलाई पनि सफलता नेपाल पुरुष कबड्डी टोलीले पहिलो विजय हात पार्दै एसियाड यात्रा टुंग्याएको छ । नेपालले बिहीबार मलेसियालाई ७३–५२ अंकले पराजित गर्‍यो । नेपालले पहिले हाफमा नै ३७–२१ को बलियो अग्रता बनायो । नेपालले आउटबाट ३०, बोनसबाट ३ र अलआउटबाट ४ अंक बटुलेको थियो । दोस्रो हाफमा नेपालले ३६ स्कोर गरेको थियो, त्यसको तुलनामा मलेसियाले ३१ स्कोर गरेको थियो । दोस्रो हाफमा पनि नेपालले एउटा अलआउट गरेको थियो । नेपाल र मलेसिया दुवै समान ३ खेल हारेर यसअघि नै सेमिफाइनल समीकरणबाट बाहिरिसकेका थिए । घनश्याम रोकामगरको कप्तानीमा रहेको नेपाली टोली थाइल्यान्डसँग ५९–४८, पाकिस्तानसँग ५८–४३ र इरानसँग ७६–२३ स्कोरमा पराजित भएको थियो । हाङचाउ एसियाडमा भने पुरुष कबड्डीको सहभागिता थिएन । विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

(0)تعليقات

 

ملاحظة حول ملفات تعريف الارتباط

يستخدم نيوزهنت ملفات تعريف ارتباط ضرورية لإبقائك مسجلاً للدخول ولتذكر لغتك ودولتك، حتى يعمل الموقع كما تتوقع. بإذنك، نود أيضاً استخدام ملفات تعريف ارتباط تحليلية لفهم كيفية استخدام الأشخاص لنيوزهنت وتحسينه بمرور الوقت.

الموافقة تؤثر فقط على التحليلات. لمعرفة المزيد، اطّلع على سياسة الخصوصية or الشروط والأحكام.