एनपीएल सिजन ३ मा एक्सट्रीम इनर्जीको साझेदारी : TU मैदानबाहिर ७ टोलीका लागि ७ गेट

एनपीएल सिजन ३ मा एक्सट्रीम इनर्जीको साझेदारी :  TU मैदानबाहिर ७ टोलीका लागि ७ गेट
View on original source
فئة: رياضات
مشاركة
الأرشيف
إعجاب
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि नै एक्सट्रीम इनर्जी ड्रिङ्कले प्रतियोगिताको माहोललाई उत्सवमय बनाउन विशेष सक्रियता सुरु गरेको छ। एनपीएल सिजन ३ मा सहभागी ८ टोलीमध्ये ७ टोलीसँग प्रायोजन साझेदारी गरेको एक्सट्रीमले प्रतियोगिताको प्रारम्भिक चरणमै व्यापक ब्रान्ड अभियान अघि बढाएको हो। एनपीएलका खेलहरू आयोजना हुने त्ग् अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर बाहिर रहेका ७ वटा प्रवेशद्वारलाई ७ प्रायोजित टोलीसँग समर्पित गर्दै एक्सट्रीमले विशेष गेट अभियान सञ्चालन गरेको छ। प्रत्येक गेटलाई सम्बन्धित टोलीको पहिचान र एक्सट्रीमको ब्रान्डिबसँग जोडेर तयार गरिएको छ। प्रतियोगिता सुरु हुनुअघि नै यस किसिमको अभियान सुरु गर्ने पहिलो ब्रान्ड एक्सट्रीम रहेको कम्पनीको दाबी छ। यस मार्फत क्रिकेटप्रेमी तथा समर्थकहरूले मैदान प्रवेश गर्नुअघि नै एनपीएलका ७ टोलीको उपस्थिति र उत्साह अनुभव गर्न सक्नेछन्। टोलीका समर्थकलाई उनीहरूका मनपर्ने टोलीसँग जोड्ने र एनपीएलको वातावरणलाई अझ उत्सवमय बनाउने उद्देश्यले यी गेटहरू तयार गरिएको एक्सट्रीमले जनाएको छ। एक्सट्रीम इनर्जी ड्रिङ्कले एनपीएलको तेस्रो संस्करणमा सहभागी ८ टोलीमध्ये ७ टोलीसँग टाइटल स्पोन्सरका रूपमा सम्झौता गरेको छ। जसमा काठमाडौं गोर्खाज, विराटनगर किब्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स रहेका छन्। नेपाली क्रिकेटप्रतिको बढ्दो जनचासो र समर्थकको उत्साहलाई ध्यानमा राख्दै एक्सट्रीमले विभिन्न क्षेत्रमा पोल ब्यानर, गेट ब्रान्डिब, होर्डिब तथा टेलिभिजन विज्ञापनमार्फत विशेष प्रचार अभियान सञ्चालन गरिरहेको छ। यसमार्फत एनपीएल सुरु हुनुअघि नै प्रतियोगिताको चर्चा र उत्साहलाई जनस्तरसम्म पु¥याउने प्रयास गरिएको छ। एनपीएलको तेस्रो संस्करण कार्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुँदैछ, जसमा सहभागी टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्। एक्सट्रीम इनर्जी ड्रिङ्कले एनपीएलको माहोललाई अझ व्यापक बनाउन मात्र नभई नेपाली खेलकुदसँग ब्रान्डलाई जोड्ने विभिन्न सिर्जनात्मक तथा प्रवद्र्धनात्मक गतिविधिलाई पनि निरन्तरता दिने जनाएको छ। नेपाली खेलकुदसँगको यस्तो सहकार्यले खेलाडी, समर्थक र ब्रान्डबीचको सम्बन्धलाई थप विस्तार गर्ने तथा व्यवसायहरूलाई खेलकुदमार्फत उपभोक्तासँग सिर्जनात्मक रूपमा जोडिने अवसर प्रदान गर्ने एक्सट्रीमको विश्वास छ।

(0)تعليقات

 

ملاحظة حول ملفات تعريف الارتباط

يستخدم نيوزهنت ملفات تعريف ارتباط ضرورية لإبقائك مسجلاً للدخول ولتذكر لغتك ودولتك، حتى يعمل الموقع كما تتوقع. بإذنك، نود أيضاً استخدام ملفات تعريف ارتباط تحليلية لفهم كيفية استخدام الأشخاص لنيوزهنت وتحسينه بمرور الوقت.

الموافقة تؤثر فقط على التحليلات. لمعرفة المزيد، اطّلع على سياسة الخصوصية or الشروط والأحكام.