माथिल्लो त्रिशूली ३–ए को सुरुङबाट १० दिनपछि जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज - Mirmire Online - सत्य तथ्य र निष्पक्ष समाचार

माथिल्लो त्रिशूली ३–ए को सुरुङबाट १० दिनपछि जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज - Mirmire Online - सत्य तथ्य र निष्पक्ष समाचार
View on original source
فئة: صحة
مشاركة
الأرشيف
إعجاب
९ असोज, २०८३ (२५ सेप्टेम्बर, २०२६) काठमाडौँ। रसुवास्थित माथिल्लो त्रिशूली ३–ए जलविद्युत् आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर जीवितै उद्धार गरिएका मेकानिकल सुपरभाइजर कविर महर्जन अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि शुक्रबार अस्पतालबाट बिदा हुनुभएका महर्जनलाई ललितपुरस्थित उहाँको निवासमा भव्य स्वागत गरिएको छ। गत भदौ १० गते आएको भीषण बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिनुभएका महर्जनलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले कठिन प्रयासपछि जीवितै बाहिर निकालेको थियो। लामो समयको मानसिक तथा शारीरिक तनावपछि अस्पतालमा उपचाररत रहनुभएका उहाँको स्वास्थ्यमा क्रमिक सुधार आएपछि चिकित्सकहरूले डिस्चार्ज गराएका हुन्। काठमाडौँबाट ललितपुरस्थित आफ्नो घर फर्कने क्रममा स्थानीयवासीले ठाउँ-ठाउँमा फूलमाला र अबिर लगाएर उहाँको स्वागत गरेका थिए। पूर्ण रूपमा स्वस्थ र होसमा देखिनुभएका महर्जनले आफूलाई नयाँ जीवन प्रदान गर्ने सुरक्षाकर्मी, उद्धार टोली र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूप्रति हृदयदेखि आभार व्यक्त गर्नुभएको छ। यसमा तपाइको प्रतिक्रिया सम्बन्धित समाचार

(0)تعليقات

 

ملاحظة حول ملفات تعريف الارتباط

يستخدم نيوزهنت ملفات تعريف ارتباط ضرورية لإبقائك مسجلاً للدخول ولتذكر لغتك ودولتك، حتى يعمل الموقع كما تتوقع. بإذنك، نود أيضاً استخدام ملفات تعريف ارتباط تحليلية لفهم كيفية استخدام الأشخاص لنيوزهنت وتحسينه بمرور الوقت.

الموافقة تؤثر فقط على التحليلات. لمعرفة المزيد، اطّلع على سياسة الخصوصية or الشروط والأحكام.