साताका समाचार : महासभामा प्रधानमन्त्री बालेनको सम्बोधन, विद्या भण्डारी बनिन् एमालेको वरिष्ठ नेता, कांग्रेशको अधिवेशन सुरु र देशभर अविरल वर्षा

साताका समाचार : महासभामा प्रधानमन्त्री बालेनको सम्बोधन, विद्या भण्डारी बनिन् एमालेको वरिष्ठ नेता, कांग्रेशको अधिवेशन सुरु र देशभर अविरल वर्षा
View on original source
فئة: سياسة
مشاركة
الأرشيف
إعجاب
राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ? प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र त्यसबाट उत्पन्न मानवीय तथा विकास संकटलाई संयुक्त राष्ट्रसंघको महासभामार्फत विश्व समुदायसामु प्रस्तुत गरेका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हिमालयबाट आएको जलवायु संकटको चेतावनीलाई विश्वले अब सुन्ने मात्र नभई त्यसअनुसार तत्काल काम गर्नुपर्नेमा जोड दिएका छन्। प्रधानमन्त्री शाहले चार साताअघि नेपालका हिमाली क्षेत्रमा आएको विनाशकारी बाढीलाई 'हिमालयन सुनामी' भनिएको उल्लेख गर्दै भोटेकोशी–त्रिशूली विपद् नेपालमा मात्र सीमित त्रासदी नभई विश्वका लागि चेतावनी भएको बताए। विकास, लोकतन्त्र, शान्ति र युवा राष्ट्रको आशाबारे बोल्नुपर्ने अवस्थामा आफू मृत्यु र विनाश, आफन्तको प्रतीक्षामा रहेका परिवार, बेपत्ता नागरिक तथा बाढीले बगाएका पुल, सडक, विद्यालय, घर र जीविकोपार्जनका साधनबारे बोल्न बाध्य भएको उनले बताए। जलवायु संकटबारे वैज्ञानिकहरूले लामो समयदेखि दिँदै आएको चेतावनीलाई विश्वका राजनीतिक नेतृत्वले आवश्यक गति र स्तरमा कार्यान्वयनमा रूपान्तरण गर्न नसकेको प्रधानमन्त्री शाहको भनाइ थियो। तापक्रम वृद्धि हुँदा हिमालयको संवेदनशील पारिस्थितिक प्रणाली अस्थिर बन्दै गएको, पर्माफ्रोस्ट पग्लिँदा हिमाली ढलान कमजोर भएको तथा हिमपहिरो, बाढी, पहिरो र अन्य जोखिम बढिरहेको उनले बताए। 'जलवायु परिवर्तनले सीमा चिन्दैन' भन्ने सन्देश दिँदै उनले हिमनदी र बाढीले पासपोर्टमा भिसा लगाएर यात्रा नगर्ने टिप्पणी गरे। प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्कमा भेटवार्ता बालेनको राष्ट्रसंघ सम्बोधनप्रति जेन-जी नेताहरूको सकारात्मक प्रतिक्रिया : 'अब कुरा होइन, परिणाम चाहिन्छ' 'जलवायु न्याय' संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैन : प्रधानमन्त्री (पूर्णपाठ) विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न : पूर्वराष्ट्रपति भण्डारी वरिष्ठ नेता, ७ स्थायी कमिटी सदस्य चयन नेकपा (एमाले) को तेस्रो केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ५ असोजदेखि सञ्चालन भएको बैठकले अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । ​बैठकले ११ औं महाधिवेशनपछि मनोनित हुन बाँकी केन्द्रीय सदस्यहरूको चयन गर्नुका साथै पार्टीको संगठन, समसामयिक राजनीति र बाढीपहिरो संकटका विषयमा २२ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । ​बैठकले पार्टीका पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्वको दोस्रो वरियतामा रहने गरी 'वरिष्ठ नेता'मा मनोनित गरेको छ । ​यसैगरी, बैठकले ७ जनालाई स्थायी कमिटी सदस्यमा चयन गरेको छ। ​बैठकबाट मनोनित २० जना नयाँ केन्द्रीय सदस्यहरूमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नन्दराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, शान्तिलाल महत, पोल्तेन छेपाङ गुरूङ, प्रेम दङ्गाल, सुरेन्द्र उदास, विनोद पाण्डे, पुष्पराज श्रेष्ठ, विमला घिमिरे, शिवमाया तुम्वाहाम्फे, कौशिला खत्री, जानुका सिम्खडा र बिना बास्तोला रहेका छन् । एमालेमा २९ केन्द्रीय सदस्य मनोनीत, ओलीको प्रस्तावमा योगेश भट्टराईको नोट अफ डिसेन्ट ओलीमाथि खनिए योगेश : षड्यन्त्रको सिद्धान्तले सधैँ चल्दैन, गत वर्ष भदौको घटनामा आत्मआलोचित हुनुपर्छ, माफी माग्नुपर्छ प्रदीप ज्ञवालीको निष्कर्ष : निर्वाचनपछि एमालेमा ध्रुवीकरण बढ्यो, तलैसम्म विभाजनको अवस्था ल्यायो दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक कुनै बेला पेले भनेका ओलीसँग एमाले बैठकको सुरूमै कृष्णगोपालको नोकझोंक, स्वयम्सेवकलाई पनि हप्काए नेताहरूलाई ओलीको चेतावनी : पार्टीको कुरामा जग हँसाइ नगर्नु, न्यायाधीश बन्दै विपक्षीलाई खुसी नबनाउनू गगन थापा नेतृत्वको महाधिवेशनमा सहभागी हुनु चरम अनैतिक : पूर्णबहादुर खड्का नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले गगन थापाको नेतृत्वमा सुरु भएको नेपाली कांग्रेसको महाधिवेशनमा आफ्नो कुनै पनि किसिमको सहभागिता नरहने स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वउपसभापति खड्काले थापा नेतृत्वको महाधिवेशनमा सहभागी हुनु चरम अनैतिक हुने दाबी गरेका हुन्। विशेष महाधिवेशन, त्यसबाट निर्वाचित सभापति र कार्यसमिति विधान, राजनीतिक दलसम्बन्धी ऐन र निर्वाचन आयोगका स्थापित नजिरविपरीत रहेको दाबी गर्दै परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले आफू प्रक्रियाबाट बाहिरै रहेको उनले बताएका छन्। यसअघि पनि थापाको हस्ताक्षरको टिकटबाट चुनाव लड्नु अनैतिक हुने ठानेरै आफूले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिएको खड्काको भनाइ छ। सर्वोच्च अदालतको डिभिजन बेन्चको फैसलामा त्रुटि रहेको भन्दै पूर्ण इजलासले पुनरावलोकनका लागि निस्सा दिएको र उक्त मुद्दा विचाराधीन रहेकै अवस्थामा अर्को पक्षले महाधिवेशन सुरु गरेको खड्काको तर्क छ। ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा सर्वाधिक २०५.२ मिलिमिटर वर्षा पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै पाल्पाको अर्चलेमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाको जल तथा मौसम मापन ड्यासबोर्डबाट प्राप्त अद्यावधिक विवरण अनुसार २४ घण्टाको अवधिमा देशभरका मापन केन्द्रहरू मध्ये अर्चले स्टेशनमा सबैभन्दा बढी २०५.२ मिलिमिटर वर्षा रेकर्ड गरिएको हो । अर्चलेका अलावा देशका अन्य धेरै स्थानमा पनि भारी वर्षा मापन गरिएको छ । प्राप्त तथ्याङ्क अनुसार अन्य प्रमुख मापन केन्द्रहरूमा १२१.२ मिमी, ११७.२ मिमी, ११६.४ मिमी, ११५ मिमी, ११३ मिमी, र १०५ मिमी सम्म वर्षा रेकर्ड भएको छ । त्यसैगरी तराई, भित्री मधेस तथा पहाडी भू-भागका धेरैजसो केन्द्रहरूमा २५ मिलिमिटर देखि ९२.२ मिलिमिटर सम्मको मध्यमदेखि भारी वर्षा दर्ता भएको छ । यसको विपरीत देशको सुदूरपश्चिम तथा उत्तरी हिमाली भेगका कतिपय मापन केन्द्रहरूमा भने वर्षाको मात्रा न्यून रहेको छ । ती क्षेत्रहरूमा ० देखि १५ मिलिमिटर सम्म मात्र वर्षा मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह चितवनको कुरिनटारमा रोकिएका मालवाहक सवारी अविरल वर्षाले चोभार गल्छीमा पानीको बहाव बढ्यो मनोहरा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङ पुगे च्यासल इच्छाकामनाको धारापानीमा पनि भासियो पृथ्वी राजमार्ग च्यासलमा खोलाको बहाव बढेपछि आवतजावतमा रोक (तस्बिरहरू) राजमार्ग बन्दले काठमाडौंमै रोकिए मालवाहक ट्रक (तस्बिरहरू) टेकु-कालोपुल क्षेत्रको कोरिडोर सडक डुबानमा (तस्बिरहरू) बेनी-जोमसोम-कोरला सडकमा राति गाडी चलाउन नपाइने पश्चिमी नेपालतर्फ सर्दै न्यूनचापीय प्रणाली : आगामी २-३ दिन उच्च सतर्कता अपनाउन विभागको अपिल हर्मुज पूर्ण रूपमा खोल्न ८० राष्ट्रको आह्वान बहराइनको नेतृत्वमा संयुक्त राष्ट्रसङ्घका ८० सदस्य राष्ट्रले पश्चिम एसियामा बढ्दो तनावबीच रणनीतिक हर्मुज जलघाँटी तत्काल र पूर्ण रूपमा खोल्न तथा त्यहाँबाट जहाजको सुरक्षित र निर्बाध आवतजावत सुनिश्चित गर्न आह्वान गरेका छन् । बहराइनका विदेशमन्त्री अब्दुल लतिफ अल–जयानीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहभागी देशहरूको तर्फबाट उक्त आह्वान गरेका हुन् । उनले हर्मुज जलघाँटीमा देखिएको अवरोधले अन्तर्राष्ट्रिय व्यापार, ऊर्जा सुरक्षा र विश्व अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने बताए। बहराइनको विदेश मन्त्रालयका अनुसार अल–जयानीले मार्चमा पारित संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रस्ताव २८१७ पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गरेका छन् । सीका लागि ट्रम्पको राजकीय रात्रिभोज राष्ट्रिय अभिलेखालयको भ्रमण गराएर सीसँगको शिखर सम्मेलन टुङ्ग्याउँदै ट्रम्प नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि… मानव जीवनको मर्यादा सम्मान गर्न आह्वान गर्दै पोप लियोको फ्रान्स भ्रमण न्युयोर्कमा नेतान्याहु विरोधी प्रदर्शन : पक्राउ परे हलिउड कलाकार ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ गोलान हाइट्स सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

(0)تعليقات

 

ملاحظة حول ملفات تعريف الارتباط

يستخدم نيوزهنت ملفات تعريف ارتباط ضرورية لإبقائك مسجلاً للدخول ولتذكر لغتك ودولتك، حتى يعمل الموقع كما تتوقع. بإذنك، نود أيضاً استخدام ملفات تعريف ارتباط تحليلية لفهم كيفية استخدام الأشخاص لنيوزهنت وتحسينه بمرور الوقت.

الموافقة تؤثر فقط على التحليلات. لمعرفة المزيد، اطّلع على سياسة الخصوصية or الشروط والأحكام.