नेपालका लागि कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि र एनआईसी एशिया बैंकबीच होण्डाका ग्राहकलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।
यस सहकार्यको मुख्य उद्देश्य ग्राहकलाई नयाँ होण्डा गाडी खरिद गर्न आर्थिक रूपले सहज बनाउनु रहेको कम्पनीले जनाएको छ ।
सम्झौता अनुसार एनआईसी एशिया बैंकले होण्डाका ग्राहकलाई आकर्षक तथा कम ब्याजदरमा सजिलो फाइनान्सिङ (सवारी कर्जा) को सुविधा प्रदान गर्नेछ।
यस सुविधा अन्तर्गत ग्राहकहरूले कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात बुझाएको ६ कार्यदिन भित्रमा नै लोन प्रक्रिया पूरा गरिने प्रतिबद्धता कम्पनीले जनाएको छ।
यो सजिलो फाइनान्सिङ सुविधा होण्डाका उत्कृष्ट तथा लोकप्रिय मोडलहरू जस्तै: होण्डा सीआर-भी (Honda CR-V), सिटी इ:एचईभी (CITY e:HEV), फिफ्थ जेन सिटी (5TH GEN CITY) र एलिभेट (ELEVATE) लगायतका गाडीहरू खरिद गर्न चाहने ग्राहकहरूका लागि उपलब्ध हुनेछ।
उक्त सम्झौता पत्रमा एनआईसी एशिया बैंकको तर्फबाट चिफ बिजनेस अफिसर अमित केसी र हेड-मोर्ट्गेज बैंकिङ एण्ड अटो लोन दीपक आचार्य तथा स्याकार ट्रेडिङ कम्पनी (होण्डा कार) को तर्फबाट प्रबन्ध निर्देशक सृजना शाक्य ज्योतिले हस्ताक्षर गरेका छन् ।
यस सम्झौताले ग्राहकको नयाँ होण्डा कार चढ्ने सपनालाई सरल र छिटो छरितो रूपमा साकार पार्न मद्दत पुग्ने विश्वास लिइएको छ ।
(0)تعليقات