शि

शिव बगाले

महाशक्ति प्रतिस्पर्धामा साना राष्ट्रको रणनीति

Image
असंलग्नताको मर्मलाई आत्मसात् गर्दै संस्थागत निष्ठा पुनर्जीवित गर्न सकिए मात्र नेपालले वर्तमान भूराजनीतिक संकटका बीच पनि रणनीतिक स्वायत्तता अक्षुण्ण राख्न सक्छ । २१औं शताब्दीको तेस्रो दशकसम्म आइपुग्दा विश्व राजनीति बहुध्रुवीय व्यवस्था उन्मुख हुँदै छ । अमेरिका, चीन, भारत र रुसबीच आर्थिक, सैन्य तथा प्राविधिक प्रभाव विस्तारको प्रतिस्पर्धाले नयाँ सामरिक गठबन्धन, भूराजनीतिक तनाव, साइबर आक्रमण र सूचना–युद्धजस्ता चुनौतीहरू पनि विस्तार भएका छन् । बदलिँदो शक्ति सन्तुलनले आर्थिक तथा सैन्य रूपमा कमजोर र सामरिक दृष्टिले संवेदनशील साना राष्ट्रहरूमाथि थप रणनीतिक दबाब सिर्जना गरेको छ । सीमित स्रोत र क्षमताका कारण साना राष्ट्रहरू महाशक्तिबीचको प्रतिस्पर्धामा राष्ट्रिय हित र रणनीतिक स्वायत्तता जोगाउन थप चुनौतीको सामना गर्दै छन् । यही सन्दर्भमा साना राष्ट्रहरूको अस्तित्व, कूटनीतिक व्यवहार र रणनीतिक स्वायत्ततालाई व्याख्या गर्न अन्तर्राष्ट्रिय सम्बन्धका विभिन्न सैद्धान्तिक दृष्टिकोण विकसित भएका छन् । यस लेखमा साना राष्ट्रसँग सम्बन्धित चार प्रमुख सैद्धान्तिक दृष्टिकोणको संक्षिप्त चर्चा गरिएको छ । हेजिङ रणनीति र रणनीतिक स्वायत्तता नेपालले सार्वभौमसत्ताको दीर्घकालीन रक्षाका लागि सर्वप्रथम दलीय संकीर्णता त्यागी परराष्ट्र मन्त्रालय, कूटनीतिक नियोग र सुरक्षा निकाय जस्ता स्थायी संयन्त्रहरूलाई हस्तक्षेपमुक्त र व्यावसायिक बनाउनु अनिवार्य छ ।रणनीतिक विश्लेषकद्वय केभिन स्ट्रिङगर र इभान रेस्कभका अध्ययनअनुसार महाशक्ति प्रतिस्पर्धाको स्थितिमा साना राज्यहरूसामु कुनै एक शक्तिविरुद्ध अर्कोसँग सामरिक गठबन्धन गर्ने (ब्यालेन्सिङ) वा शक्तिशाली राष्ट्रको छत्रछायामा ओत लाग्ने (बैन्डवागनिङ) परम्परागत विकल्प हुन्छन् । तर यी दुवै विकल्पले साना राष्ट्रहरूलाई बाह्य द्वन्द्व वा परनिर्भरताको जोखिममा धकेल्ने भएकाले यसको समाधानका रूपमा हेजिङ रणनीति (कुनै पन िपक्षमा नलाग्ने) लाई अघि सारिएको छ । कुनै पनि महाशक्तिसँग सैन्य आबद्धता नराखी सबैसँग रणनीतिक दूरी कायम गर्ने र बहुपक्षीय सम्बन्धमार्फत राष्ट्रिय सुरक्षा जोखिमको पूर्वबिमा गर्ने यो नीतिले साना राज्यहरूको रणनीतिक स्वायत्तता संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउँछ । स्मार्ट पावर कूटनीतिक हातहतियार एलन चङको बहुचर्चित कृति, 'साना राज्यहरू र भूराजनीति' अनुसार अन्तर्राष्ट्रिय सम्बन्धमा साना राष्ट्रहरूसँग महाशक्तिहरूजस्तो विशाल सैन्य शक्ति वा आर्थिक दबाब दिने सामर्थ्य हुँदैन । त्यसैले उनीहरूले आफ्नो अस्तित्व र रणनीतिक हित रक्षाका लागि 'स्मार्ट पावर' अर्थात् सैन्य बल र कूटनीतिक प्रभावको प्रयोग गर्नुपर्छ । साना राज्यहरूका लागि कुनै पनि शक्ति राष्ट्रको सैन्य धम्कीविरुद्ध अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको बडापत्र र नियम–आधारित विश्व व्यवस्था नै सबैभन्दा बलियो सुरक्षा ढाल हुन् । बहुपक्षीय मञ्चहरूमा साना र मझौला राष्ट्रहरूसँग मिलेर साझा आवाज उठाउँदा उनीहरूको कूटनीतिक तौल बढ्छ । बफर स्टेटबाट आर्थिक ब्रिजमा रूपान्तरण परम्परागत भूराजनीतिमा दुई शक्तिशाली छिमेकीबीचको सानो देशलाई केवल सामरिक तटस्थता जोगाउने बफर स्टेट मानिन्थ्यो । तर एसियाली भूराजनीतिक विश्लेषकहरूले (सी. राजा मोहन र एसडी मुनी) साना देशहरू निष्क्रिय बफर बनेर बस्दा साना राज्यहरू महाशक्तिहरूको प्रतिस्पर्धात्मक क्रीडास्थल बन्ने र झनै बाह्य हस्तक्षेप बढ्ने विश्लेषण गरेका छन् । समाधानका लागि सानो देशले दुई विशाल अर्थतन्त्र जोड्ने गतिशील आर्थिक पुलको रूपमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । बफरले छिमेकीबीच दूरी सिर्जना गर्छ भने आर्थिक पुलले व्यापार, पूर्वाधार र ऊर्जा ट्रान्जिटमार्फत आपसमा जोड्छ । जब ठूला छिमेकीका आर्थिक स्वार्थ साना देशको स्थायित्वसँग जोडिन्छन्, उनीहरू स्वयंले साना राज्यको सुरक्षामा चासो देखाउँछन् । यसबाट प्राप्त हुने समृद्धिले साना राज्यको रणनीतिक स्वायत्तता र कूटनीतिक मोलमोलाई शक्ति (लिभरेज) सुदृढ बनाउँछ । यसैले साना राष्ट्रहरूको सुरक्षा अरूको द्वन्द्वबाट पन्छिने हैन, बरु सहकार्यका माध्यमबाट अपरिहार्य आर्थिक पुल बन्न आवश्यक छ । सफ्ट इन्टरभेन्सन र हाइब्रिड जोखिम २१औं शताब्दीमा साना राष्ट्रहरूका लागि प्रत्यक्ष सैन्य आक्रमणभन्दा पनि परोक्ष प्रवृत्तिका सफ्ट इन्टरभेन्सन र हाइब्रिड जोखिम प्रमुख सुरक्षा चुनौती बनेका छन् । ब्रुकिङ्स इन्स्टिच्युसनका हालैका प्रतिवेदनहरूले २१औं शताब्दीमा साना राज्यहरूमाथि प्रत्यक्ष सैन्य आक्रमणभन्दा पनि सफ्ट इन्टरभेन्सनको जोखिम बढेको औंल्याएका छन् । यसको मूल उद्देश्य साना राज्यको निर्णय क्षमता र रणनीतिक स्वायत्ततालाई भित्रभित्रै नियन्त्रण गर्नु हो । बाहिरबाट देश सार्वभौम देखिए पनि आर्थिक निर्भरता र सूचना ध्रुवीकरणका कारण उनीहरूको स्वतन्त्र नीति बनाउने क्षमता खोसिन्छ । यसर्थ, आधुनिक हाइब्रिड युगमा साना राष्ट्रहरूले सीमा सुरक्षामा मात्र होइन, डिजिटल पूर्वाधार, आर्थिक स्वावलम्बन र आन्तरिक राजनीतिक परिपक्वतामार्फत यस्ता सूक्ष्म हस्तक्षेपविरुद्ध आफ्नो प्रतिरक्षा प्रणाली बलियो बनाउनु अपरिहार्य छ । उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारत जस्ता दुई उदीयमान एसियाली महाशक्तिहरूको सामरिक संगमस्थल बनेको नेपालमा अमेरिकी इन्डो–प्यासिफिक रणनीतिको सापेक्षित सक्रियतासँगै त्रिकोणीय शक्ति प्रतिस्पर्धा चुलिएको छ । यसैले मुलुक आज इतिहासकै अत्यन्त संवेदनशील भूराजनीतिक दोबाटोमा उभिएको छ । उत्तरतर्फ चीनको सुरक्षा संवेदनशीलता र बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को जोडबल, दक्षिणतर्फ भारतको खुला सीमा तथा परम्परागत सुरक्षा चासो र पश्चिमा शक्तिहरूको रणनीतिक उपस्थितिबीच आफ्नो स्वायत्तता अक्षुण्ण राख्नु नेपालको मुख्य कूटनीतिक परीक्षा बनेको छ । नेपालको मूल संकट भूराजनीतिक अवस्थिति आफैंमा होइन । समस्या, बाह्य दबाब र चापलाई रणनीतिक परिपक्वताका साथ सन्तुलित गर्न सक्ने आन्तरिक राजनीतिक निष्ठा र संस्थागत सामर्थ्यको खडेरी हो । नेपालले सिद्धान्ततः असंलग्नता र पञ्चशीलको नीति अंगीकार गरे पनि व्यावहारिक राजनीतिमा सत्ता परिवर्तनसँगै कुनै एक शक्ति राष्ट्रतर्फ ढल्किने (स्ट्र्याटेजिक टिल्ट) अदूरदर्शी प्रवृत्ति हाबी छ । अझ, परराष्ट्र मन्त्रालय, कूटनीतिक नियोग र गुप्तचर संयन्त्र जस्ता राज्यका स्थायी अंगहरूलाई दलीय भागबन्डाको सिकार बनाइँदा कूटनीतिक संस्थागत स्मृति नै ध्वस्त भएको छ । बाह्य चुनौती वा दबाब आउँदा प्रणालीगत र पूर्वतयारीका साथ सामना गर्नुको सट्टा तात्कालिक घटनामा आधारित भएर हचुवाका भरमा निर्णय लिने परिपाटीले नेपालको कूटनीतिक अडान र विश्वसनीयतालाई पटक–पटक कमजोर बनाएको छ । अझ, आन्तरिक राजनीतिमा चरम दलीय ध्रुवीकरण हुनु र सत्ताप्राप्तिका लागि वा सत्ता जोगाउन बाह्य शक्तिहरूलाई गुहार्ने आत्मघाती प्रवृत्तिले विदेशी प्रभावलाई मुलुकको सूक्ष्म व्यवस्थापन गर्ने खुला आमन्त्रण दिइरहेको छ । देशको भौगोलिक आकार वा सैन्य सामर्थ्यले मात्र मुलुकहरू कमजोर हुँदैनन् । उदाहरणका लागि युरोपका शक्तिशाली र युद्धरत राष्ट्रहरूको घेराबन्दीमा रहेर पनि स्विट्जरल्यान्डले शताब्दीऔंसम्म आफ्नो स्थायी तटस्थता जोगाउन सक्यो । सिंगापुरले सीमित क्षेत्रफलका बाबजुद सुदृढ अर्थतन्त्र, भ्रष्टाचारमुक्त प्रशासन र गतिशील कूटनीतिका बलमा आफूलाई वैश्विक राजनीतिमा अपरिहार्य बनायो । उनीहरूले अन्तर्राष्ट्रिय कानुन र बहुपक्षीय मञ्चहरूलाई आफ्नो ढाल बनाएर 'स्मार्ट कूटनीति' सञ्चालन गरे, जसका कारण महाशक्ति राष्ट्रहरूले समेत उनीहरूको स्वायत्तता र अस्तित्वलाई स्वीकार्न बाध्य हुनुपर्‍यो । नेपालले सार्वभौमसत्ताको दीर्घकालीन रक्षाका लागि सर्वप्रथम दलीय संकीर्णता त्यागी परराष्ट्र मन्त्रालय, कूटनीतिक नियोग र सुरक्षा निकाय जस्ता स्थायी संयन्त्रहरूलाई हस्तक्षेपमुक्त र व्यावसायिक बनाउनु अनिवार्य छ । आन्तरिक रूपमा सुशासित र आर्थिक–प्रशासनिक रूपमा सक्षम राज्यले मात्र बाह्य सामरिक चापलाई निस्तेज पार्ने नैतिक र व्यावहारिक तागत राख्छ । आवेग वा तात्कालिक राजनीतिक लाभका आधारमा होइन, तथ्य र राष्ट्रिय हितका आधारमा छिमेकी तथा महाशक्तिहरूसँग संवाद गर्ने स्मार्ट कूटनीति नै आजको आवश्यकता हो । असंलग्नताको मर्मलाई आत्मसात् गर्दै संस्थागत निष्ठा पुनर्जीवित गर्न सकिए मात्र नेपालले वर्तमान भूराजनीतिक संकटका बीच पनि रणनीतिक स्वायत्तता अक्षुण्ण राख्न सक्छ । रणनीतिक स्वायत्तताको व्यावहारिक प्रयोग हेजिङ कूटनीतिमा हो । तसर्थ, नेपालले कुनै पनि सामरिक वा सैन्य गठबन्धनबाट अलग रहँदै महाशक्तिहरूसँग सन्तुलित दूरी कायम गर्ने र बहुपक्षीय लाभ हासिल गर्ने कूटनीतिक परिपक्वता देखाउनुपर्छ । साना राष्ट्रहरूका लागि बहुपक्षीयता, संयुक्त राष्ट्रसंघको बडापत्र र नियम–आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको दृढ वकालत गर्नु नै वास्तविक र सबल सुरक्षा कवच हो । यसै सुरक्षा कवचभित्र रहेर नेपालले आफूलाई छिमेकीहरूका लागि सुरक्षा खतराको थलो होइन, उनीहरूका विशाल अर्थतन्त्रहरूलाई जोड्ने व्यापारिक, ऊर्जा र पूर्वाधारयुक्त आर्थिक पुलका रूपमा रूपान्तरण गर्न सक्नुपर्छ । श्रीप्रसादत्रिविमा विद्यावारिधि अध्ययनरत देवकोटा शोधकर्ता तथा लेखक हुन् । यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि.सेन्ट्रल बिजनेस पार्क, थापाथलीकाठमाडौं, नेपाल
महाशक्ति प्रतिस्पर्धामा साना राष्ट्रको रणनीति
View on original source
مشاركة
الأرشيف
إعجاب

(0)تعليقات

 

رأي ذو صلة

ملاحظة حول ملفات تعريف الارتباط

يستخدم نيوزهنت ملفات تعريف ارتباط ضرورية لإبقائك مسجلاً للدخول ولتذكر لغتك ودولتك، حتى يعمل الموقع كما تتوقع. بإذنك، نود أيضاً استخدام ملفات تعريف ارتباط تحليلية لفهم كيفية استخدام الأشخاص لنيوزهنت وتحسينه بمرور الوقت.

الموافقة تؤثر فقط على التحليلات. لمعرفة المزيد، اطّلع على سياسة الخصوصية or الشروط والأحكام.