यस्तो छ त्रिभुवन राजपथमा सवारी सञ्चालनको नयाँ व्यवस्था

यस्तो छ त्रिभुवन राजपथमा सवारी सञ्चालनको नयाँ व्यवस्था
View on original source
Categoría: Tourism
Compartir
Archivo
Me gusta
पृथ्वी र कान्ति राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथमा चाप बढेकाले मकवानपुर प्रशासनले असोज ८ देखि नयाँ समयतालिका लागू गरेको छ। १० चक्केभन्दा ठूला र १५ टनभन्दा बढी भारका मालवाहक सवारीमा रोक लगाइएको छ, इन्धन र ग्यास बोक्ने सवारी भने छुट पाउनेछन्। हेटौंडा । लगातारको भारी वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथमा सवारीसाधनको चाप बढेको भन्दै मकवानपुर जिल्ला प्रशासन कार्यालयले सवारी आवागमनका लागि नयाँ समयतालिका सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले असोज ८ गतेदेखि परेको अविरल तथा भारी वर्षाका कारण सडकमा अत्यधिक चाप परेको भन्दै मालवाहक तथा यात्रुवाहक सवारीसाधनलाई त्रिभुवन राजपथमा तोकिएको समयअनुसार मात्रै सञ्चालन गर्न आग्रह गरेको छ । कार्यालयका अनुसार हेटौंडाबाट काठमाडौं जाने सवारीसाधनले चौकीटोलबाट असोज ९ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्रै यात्रा गर्न पाउनेछन् । त्यस्तै, असोज १० गते बिहान ४ बजेदेखि ८ बजेसम्म र राति १० बजेदेखि असोज ११ गते बिहान २ बजेसम्म हेटौंडाबाट काठमाडौं जाने सवारीसाधन सञ्चालन गर्न सकिनेछ । काठमाडौंबाट हेटौंडातर्फ आउने सवारीसाधनका लागि सिमभञ्ज्याङ चौकीबाट असोज ९ गते साँझ ७ बजेदेखि राति ११ बजेसम्म सञ्चालनको अनुमति दिइएको छ । असोज १० गते दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म र असोज ११ गते बिहान ७ बजेदेखि ११ बजेसम्म काठमाडौंबाट हेटौंडातर्फ सवारी सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ । यसैबीच, अर्को व्यवस्था नभएसम्म इन्धन तथा खाना पकाउने ग्यास बोकेका सवारीबाहेक १० चक्केभन्दा ठूला र १५ टनभन्दा बढी भार भएका मालवाहक सवारीसाधनलाई त्रिभुवन राजपथमा पूर्ण रूपमा निषेध गरिएको छ । यात्रुवाहक सवारीसाधनको हकमा भने ११ मिटर लम्बाइसम्मका सवारीसाधनले मात्रै त्रिभुवन राजपथ प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ । जिल्ला प्रशासन कार्यालयले चालक, व्यवसायी तथा यात्रुलाई तोकिएको समयतालिकाअनुसार मात्रै यात्रा गर्न आग्रह गरेको छ ।

(0)Comentarios

 

Una nota sobre las cookies

Newshunt utiliza cookies esenciales para mantener tu sesión iniciada y recordar tu idioma y país, para que el sitio funcione como esperas. Con tu permiso, también nos gustaría utilizar cookies de análisis para comprender cómo las personas utilizan Newshunt y mejorarlo con el tiempo.

Aceptar solo afecta a las cookies de análisis. Para obtener más información, consulta nuestra Política de privacidad or Términos y condiciones.