बारामा करेन्ट लागेर एक जनाको मृत्यु, चार घाइते

बारामा करेन्ट लागेर एक जनाको मृत्यु, चार घाइते
View on original source
Categoría: Politics
Compartir
Archivo
Me gusta
बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय श्याम रामका १० वर्षीय छोरा आकाश रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मीनबहादुर घलेले जानकारी दिए । घरमा टेलिभिजन चलाउने क्रममा बिजुलीको तार सर्ट भई करेन्ट लाग्दा आकाश गम्भीर घाइते भएका थिए । उपचारका लागि उनलाई प्रादेशिक अस्पताल कलैया लगिएकामा चिकित्सकले ईसीजी परीक्षण गर्दा अस्पताल ल्याउनुअघि नै मृत्यु भइसकेको जनाएका प्रवक्ता घलेले जानकारी दिए । प्रहरी प्रवक्ता घलेका अनुसार करेन्टबाट बालकलाई छुटाउने क्रममा उनकी हजुरआमा ७० वर्षीया ऐतबरिया देवी, दिदी १२ वर्षीया निलम, छिमेकी ४० वर्षीया फूलकुमारी राम र ४१ वर्षीया अनिता शर्मा गम्भीर घाइते भएका छन् । उनीहरूमध्ये ऐतबरिया, फूलकुमारी र अनिताको कोल्हवीस्थित तामागढी अस्पतालमा उपचार भइरहेको छ भने निलमको कोल्हवीस्थित सीटी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

(0)Comentarios

 

Una nota sobre las cookies

Newshunt utiliza cookies esenciales para mantener tu sesión iniciada y recordar tu idioma y país, para que el sitio funcione como esperas. Con tu permiso, también nos gustaría utilizar cookies de análisis para comprender cómo las personas utilizan Newshunt y mejorarlo con el tiempo.

Aceptar solo afecta a las cookies de análisis. Para obtener más información, consulta nuestra Política de privacidad or Términos y condiciones.