पछिल्लो १२ घण्टामा १.२ मिटरले बढ्यो कुलेखानीमा पानी

पछिल्लो १२ घण्टामा १.२ मिटरले बढ्यो कुलेखानीमा पानी
View on original source
Categoría: Blend
Compartir
Archivo
Me gusta
हेटाैँडा । मुलुकको एकमात्र 'ब्याकअप' ऊर्जा स्रोतको रूपमा रहेको कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह बढ्दो क्रममा रहेको छ । पछिल्लो १२ घण्टाको अवधिमा मात्रै कुलेखानी जलाशयमा जल सतह १.२ मिटरले भरिएको आयोजनाले जनाएको छ । जलाधार क्षेत्रमा बिहीबारदेखि लगातार भइरहेको वर्षा र शुक्रबार बिहानदेखि पानीको पर्ने क्रम बाक्लो हुँदा जलाशयको सतह प्रतिघण्टा १० सेन्टिमिटरको दरले बढेको कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख प्रह्लाद राउतले जानकारी दिए । उनका अनुसार शुक्रबार बिहान ६ बजे कुलेखानी जलाशयमा १ हजार ५२२.३१ मिटर पानी मापन गरिएको थियो भने साँझ ७ बजेसम्म आइपुग्दा जल सतह बढेर १ हजार ५२३.५१ मिटर पुगेको छ । यसरी लगातार पानीको सतह बढ्दै गएपछि अब पूर्ण क्षमतामा जलाशय भरिन जम्मा ६ मिटरमात्र बाँकी रहेको छ । कुलेखानी जलाशयमा अधिकतम १ हजार ५३० मिटर पानी सङ्कलन गर्न सकिने क्षमता रहेको छ । हाल जलाशयको पूर्ण क्षमतामा पुग्न ६ मिटर बाँकी रहे पनि आत्तिनुपर्ने अवस्था नरहेको प्रमुख राउतले बताए । जलाधार क्षेत्रमा पानीको सतह बढ्दै गएपछि जलाशयको पानी खपत गर्ने उद्देश्यले कुलेखानी जलविद्युत् आयोजनाका तीन वटै युनिटहरू २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ । तीन वटै युनिट २४ घण्टा चलाउँदा दैनिक करिब ४० देखि ५० सेन्टिमिटर पानी खपत हुने गरेको आयोजनाले जनाएको छ । कुलेखानी प्रथमबाट ६० मेगावाट, दोस्रोबाट ३२ र तेस्रोबाट १४ मेगावाट गरी कुल १०८ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । जलाधार क्षेत्र १६६ वर्ग किलोमिटर रहेको कुलेखानीमा पानीको सतह उच्च भएर जलाशय भरिनुभन्दा अगाडि बाँध खोल्नुपर्ने अवस्था आउन सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा सुरक्षाका लागि साइरनको व्यवस्था गरिएको छ । आयोजनाका अनुसार जलाशयमा पानीको सतह १ हजार ५२७ मिटर पुगेपछि पहिलो साइरन बज्ने व्यवस्था गरिएको छ भने १ हजार ५३० मिटरभन्दा बढी पानी भएमा बाँधका ढोकाहरू खोल्नुपर्ने हुन्छ । बाँधका ढोकाहरू खोल्नु अघि ३ चरणमा साइरन बज्ने र सोही अनुसार सतर्कताका लागि संयन्त्र परिचालन गरिएको जनाइएको छ ।

(0)Comentarios

 

Una nota sobre las cookies

Newshunt utiliza cookies esenciales para mantener tu sesión iniciada y recordar tu idioma y país, para que el sitio funcione como esperas. Con tu permiso, también nos gustaría utilizar cookies de análisis para comprender cómo las personas utilizan Newshunt y mejorarlo con el tiempo.

Aceptar solo afecta a las cookies de análisis. Para obtener más información, consulta nuestra Política de privacidad or Términos y condiciones.