राष्ट्रपति पौडेलबाट बसन्तपुरमा इन्द्रजात्राको अवलोकन

राष्ट्रपति पौडेलबाट बसन्तपुरमा इन्द्रजात्राको अवलोकन
View on original source
Categoría: Entertainment
Compartir
Archivo
Me gusta
राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्राका अवसरमा वसन्तपुरमा आयोजित विशेष कार्यक्रममा सहभागी भए। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा गरी काठमाडौंलगायत स्थानमा इन्द्रजात्रा पर्व मनाइँदैछ। काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्राका अवसरमा वसन्तपुर क्षेत्रमा आयोजित विशेष कार्यक्रममा सरिक भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वागत गरेकी थिइन् । इन्द्रजात्राको मुख्य दिनका अवसरमा वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्र अवलोकन गर्न राष्ट्रपति पौडेलसहित उपराष्ट्रपति रामसहाय प्रसाद यादव, नेपाल सरकारका मन्त्रीहरू, सभामुख, सांसद तथा काठमाडौं महानगरपालिकाका प्रमुखलगायतका विशिष्ट व्यक्तिहरू वसन्तपुर पुगेका थिए । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

(0)Comentarios

 

Una nota sobre las cookies

Newshunt utiliza cookies esenciales para mantener tu sesión iniciada y recordar tu idioma y país, para que el sitio funcione como esperas. Con tu permiso, también nos gustaría utilizar cookies de análisis para comprender cómo las personas utilizan Newshunt y mejorarlo con el tiempo.

Aceptar solo afecta a las cookies de análisis. Para obtener más información, consulta nuestra Política de privacidad or Términos y condiciones.