बोडे–मूलपानी जोड्ने मनोहरा पुल जोखिममा, आवागमनमा रोक

बोडे–मूलपानी जोड्ने मनोहरा पुल जोखिममा, आवागमनमा रोक
View on original source
Categoría: Blend
Compartir
Archivo
Me gusta
भक्तपुर । निरन्तरको वर्षासँगै मनोहरा खोलामा आएको बाढीका कारण बोडे र काठमाडौंको मूलपानी जोड्ने पुलनजिकको सडक तथा जमिन भासिएको छ। पुलसमेत जोखिममा परेपछि उक्त सडकखण्डमा यातायात आवागमन रोक लगाइएको छ। भक्तपुरका प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्काका अनुसार बाढीले पुलसँगैको सडकको जमिन कटान गरेपछि पुल जोखिममा परेको हो। जोखिम बढेपछि सवारीसाधनको आवागमनमा रोक लगाइएको उनले जानकारी दिए। वर्षाका कारण जिल्लाका विभिन्न खोला तथा नदीमा पानीको बहाव बढेपछि प्रमुख जिल्ला अधिकारी खड्का, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्कासहितको टोलीले मनोहरा र हनुमन्ते खोलालगायतका क्षेत्रमा स्थलगत अनुगमन गरेको थियो। अविरल वर्षापछि हनुमन्ते, खस्याङखुसुङ र गोदावरी खोलामा समेत पानीको सतह बढेको छ। डेकोचा, पिखेल हुँदै चाँगुनारायणतर्फ जाने सडकमा समेत खोला बगेपछि यातायात सञ्चालनमा समस्या भएको छ। यसैगरी बालकोट, कौशलटार, लोकन्थली र सागबारी क्षेत्रमा हनुमन्ते खोलाको पानीको सतह बढेर अस्थायी टहरासम्म पुगेको छ। जोखिममा रहेका टहरामा बस्दै आएका नागरिकलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख खड्काका अनुसार विस्थापितहरूलाई कौशलटारस्थित आदर्श जनप्रेमी स्कुलमा राखिएको छ। बालकोट र लोकन्थलीको सीमामा पर्ने सागबारीमा हनुमन्ते, मनोहरा र गोदावरी खोला एकै ठाउँमा मिसिने भएकाले वर्षाका बेला उक्त क्षेत्र बाढीको जोखिममा पर्ने गरेको छ।

(0)Comentarios

 

Una nota sobre las cookies

Newshunt utiliza cookies esenciales para mantener tu sesión iniciada y recordar tu idioma y país, para que el sitio funcione como esperas. Con tu permiso, también nos gustaría utilizar cookies de análisis para comprender cómo las personas utilizan Newshunt y mejorarlo con el tiempo.

Aceptar solo afecta a las cookies de análisis. Para obtener más información, consulta nuestra Política de privacidad or Términos y condiciones.