कांग्रेस एकताबद्ध नहुँदासम्म महाधिवेशनमा नजाने नेविसंघका पूर्वअध्यक्ष दुजाङ शेर्पाको घोषणा

कांग्रेस एकताबद्ध नहुँदासम्म महाधिवेशनमा नजाने नेविसंघका पूर्वअध्यक्ष दुजाङ शेर्पाको घोषणा
View on original source
Catégorie: Politique
Partager
Archive
J’aime
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्वअध्यक्ष दुजाङ शेर्पाले नेपाली कांग्रेस एकताबद्ध नहुँदासम्म महाधिवेशनका कुनै पनि गतिविधिमा सहभागी नहुने घोषणा गरेका छन्। पार्टीभित्र बढ्दो विवाद, अविश्वास र विभाजनको अवस्थाले नेता-कार्यकर्ताका साथै आमनागरिकलाई चिन्तित बनाएको भन्दै उनले दुवै पक्षबाट आयोजना हुने महाधिवेशन बहिष्कार गर्ने स्पष्ट पारेका हुन्। नेताहरू पूर्णबहादुर खड्का र डा. शेखर कोइरालाको कदमलाई पछ्याउँदै शेर्पाले यो निर्णय लिएका हुन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो निर्णय लिनु आफ्नो जीवनकै सबैभन्दा पीडादायी क्षण भएको बताएका छन्। महाधिवेशन प्रक्रियाबाट अलग रहे पनि आगामी स्थानीय तह तथा प्रदेश सभा निर्वाचनमा पार्टीलाई जिताउन भने आफू निरन्तर सक्रिय रहने उनले प्रतिबद्धता जनाएका छन्। साथै, उनले सम्पूर्ण नेता-कार्यकर्तालाई आ-आफ्नो ठाउँबाट पार्टी सुदृढीकरणमा जुट्न अपिलसमेत गरेका छन्।

(0)Commentaires

 

À propos des cookies

Newshunt utilise des cookies essentiels pour vous garder connecté et mémoriser votre langue et votre pays, afin que le site fonctionne comme prévu. Avec votre permission, nous aimerions également utiliser des cookies analytiques pour comprendre comment les utilisateurs utilisent Newshunt et l'améliorer au fil du temps.

Accepter n'affecte que les analyses. Pour en savoir plus, consultez notre Politique de confidentialité or Conditions générales.