बाढीले बगाउँदा धादिङमा एक महिलाको मृत्यु

बाढीले बगाउँदा धादिङमा एक महिलाको मृत्यु
View on original source
Catégorie: Santé
Partager
Archive
J’aime
धादिङ : धादिङको बेनीघाट रोराङ गाउँपालिका-२ मा खानीखोलामा आएको बाढीले बगाउँदा अन्दाजी ५५ वर्षीया महिला सुकुमाया चेपाङको मृत्यु भएको छ। ताल्तीबाट घरतर्फ जाने क्रममा खानीखोलामा आएको बाढीमा परेकी चेपाङलाई खोलाले बगाएको थियो। स्थानीयको सहयोगमा उद्धार गरी थप उपचारका लागि मलेखुस्थित टिचिङ अस्पताल लगिएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी प्रकाश दाहालले बताए। लगातारको वर्षाका कारण खानीखोलालगायत स्थानीय खोलाहरूमा पानीको बहाव बढेकाले ग्रामीण क्षेत्रमा आवतजावत जोखिमपूर्ण बनेको छ। प्रहरीले स्थानीयलाई खोला तथा नदी पार गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

(0)Commentaires

 

À propos des cookies

Newshunt utilise des cookies essentiels pour vous garder connecté et mémoriser votre langue et votre pays, afin que le site fonctionne comme prévu. Avec votre permission, nous aimerions également utiliser des cookies analytiques pour comprendre comment les utilisateurs utilisent Newshunt et l'améliorer au fil du temps.

Accepter n'affecte que les analyses. Pour en savoir plus, consultez notre Politique de confidentialité or Conditions générales.