बाणगङ्गा नदीमा हामफालेका पुरुषको खोजी जारी

बाणगङ्गा नदीमा हामफालेका पुरुषको खोजी जारी
View on original source
Catégorie: Politique
Partager
Archive
J’aime
कपिलवस्तु। कपिलवस्तुको बाणगङ्गा नगरपालिका-१ बुचीस्थित बाणगङ्गा नदीमा हामफालेका पुरुषको खोजी जारी छ। प्रहरीका अनुसार बाणगङ्गा नगरपालिका-८ मधुवनका अन्दाजी ५४ वर्षीय नारायण बेल्वासेले शुक्रबार दिउँसो बुड्ची र बोडगाउँको सिमाना जोड्ने बाणगङ्गा नदीको पक्की पुलको उत्तरी किनारबाट हामफालेको देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी निरीक्षक कालिका कार्कीको कमान्डमा १५ जनाको टोली उद्धार सामग्रीसहित घटनास्थल पुगेको थियो। खोजीका क्रममा नदी किनारबाट पुरुषले लगाउने कपडा तथा चप्पल फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रीपेन्द्रकुमार सिंहले बताए। उनका अनुसार बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प पिपराबाट सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमसिंह धामीको कमान्डमा ११ जना तथा नेपाल प्रहरीको थप टोलीसमेत परिचालन गरिएको छ। प्रहरीले नदीमा खोजी कार्य जारी राखेको जनाएको छ।

(0)Commentaires

 

À propos des cookies

Newshunt utilise des cookies essentiels pour vous garder connecté et mémoriser votre langue et votre pays, afin que le site fonctionne comme prévu. Avec votre permission, nous aimerions également utiliser des cookies analytiques pour comprendre comment les utilisateurs utilisent Newshunt et l'améliorer au fil du temps.

Accepter n'affecte que les analyses. Pour en savoir plus, consultez notre Politique de confidentialité or Conditions générales.