एसियाली खेलकुदमा चीनकै दबदबा: कुन देशले कति पदक जिते ?

एसियाली खेलकुदमा चीनकै दबदबा: कुन देशले कति पदक जिते ?
View on original source
카테고리: Sports
공유
보관함
좋아요
२०औँ एसियाली खेलकुदको पदक तालिकामा चीन ९८ स्वर्णसहित कुल १५९ पदक जितेर शीर्ष स्थानमा छ। आयोजक जापान ११५ पदकसहित दोस्रो र दक्षिण कोरिया ६४ पदकसहित तेस्रो स्थानमा छन्। नेपालले कराँते र महिला कबड्डीमा गरी २ कांस्य पदक जितेको छ। काठमाडौं । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदको पदक तालिकामा चीनले आफ्नो बलियो प्रदर्शनलाई निरन्तरता दिएको छ । पछिल्लो अपडेट अनुसार चीन ९८ स्वर्ण, ३७ रजत र २४ कांस्यसहित कुल १५९ पदक जितेर शीर्ष स्थानमा रहेको छ । आयोजक जापान २८ स्वर्ण, ४३ रजत र ४४ कांस्यसहित ११५ पदक जितेर दोस्रो स्थानमा छ भने दक्षिण कोरिया १३ स्वर्ण, १७ रजत र ३४ कांस्यसहित ६४ पदक जितेर तेस्रो स्थानमा रहेको छ । त्यस्तै, कजाकिस्तान ८ स्वर्ण, ८ रजत र १४ कांस्यसहित ३० पदक जितेर चौथो तथा उज्बेकिस्तान ७ स्वर्ण, १५ रजत र ९ कांस्यसहित ३१ पदक जितेर पाँचौँ स्थानमा छन् । इरानले ६ स्वर्ण, ११ रजत र ७ कांस्यसहित २४ पदक जितेको छभने थाइल्यान्डले ६ स्वर्ण, ६ रजत र ८ कांस्यसहित २० पदक जित्दै सातौँ स्थान ओगटेको छ । हङकङले ४ स्वर्ण, ११ रजत र ११ कांस्यसहित २६ पदक जितेको छ भने उत्तर कोरियाले ४ स्वर्ण, ४ रजत र ३ कांस्यसहित ११ पदक तथा बहराइनले ४ स्वर्ण, २ रजत र २ कांस्यसहित ८ पदक जितेका छन् । मलेसिया ४ स्वर्ण, १ रजत र ५ कांस्यसहित १० पदकसहित ११औँ स्थानमा छ भने भारत २ स्वर्ण, ९ रजत र १२ कांस्यसहित २३ पदक जितेर १२औँ स्थानमा तथा चाइनिज ताइपेईले २ स्वर्ण, ५ रजत र १६ कांस्यसहित २३ पदक जितेको छ । फिलिपिन्सले २ स्वर्ण, २ रजत र ५ कांस्यसहित ९ पदक जितेको छ भने कतारले २ स्वर्ण, २ रजत र १ कांस्यसहित ५ पदक तथा कुवेतले २ स्वर्ण, १ रजत र २ कांस्यसहित ५ पदक जितेका छन् । त्यस्तै, ताजिकिस्तानले २ स्वर्ण, १ रजत र १ कांस्यसहित ४ पदक जितेको छ भने सिंगापुरले १ स्वर्ण, ५ रजत र ३ कांस्यसहित ९ पदक जितेको छ । त्यसैगरी, इन्डोनेसियाले १ स्वर्ण, ४ रजत र १७ कांस्यसहित २२ पदक जितेको छ भने मकाउले १ स्वर्ण, ४ रजत र १ कांस्यसहित ६ पदक तथा भियतनामले १ स्वर्ण, १ रजत र १६ कांस्यसहित १८ पदक जितेका छन् । त्यस्तै, जोर्डन र म्यानमारले समान १ स्वर्ण, १ रजत र १ कांस्यसहित ३–३ पदक जितेका छन् भने साउदी अरबले २ रजत र ४ कांस्यसहित ६ पदक तथा किर्गिस्तानले १ रजत र ३ कांस्यसहित ४ पदक जितेको छ । त्यसैगरी, अफगानिस्तान र इराकले समान १ रजत र २ कांस्यसहित ३–३ पदक जितेका छन् भने लेबनानले १ रजत र १ कांस्यसहित २ पदक जितेको छ । त्यस्तै, श्रीलंका र तुर्कमेनिस्तानले समान १ रजत पदक जितेका छन् भने कम्बोडियाले ४ कांस्य पदक जितेको छ । नेपालले भने २ कांस्य पदक जितेको छ । नेपालसँगै पाकिस्तानले पनि २ कांस्य पदक जितेको छ । यसअघि कराँतेमा कास्य जितेको नेपालले शुक्रबार महिला कबड्डीमा कास्य पदक जितेको हो । त्यसैगरी बंगलादेश, ब्रुनाई, मंगोलिया र सिरियाले समान १–१ कांस्य पदक जितेका छन् ।

(0)댓글

 

쿠키 안내

Newshunt는 로그인 상태 유지와 언어 및 국가 설정 기억을 위해 필수 쿠키를 사용하여, 사이트가 기대하신 대로 작동하도록 합니다. 동의하시면, 사용자가 Newshunt를 어떻게 이용하는지 파악하고 지속적으로 개선하기 위해 분석용 쿠키도 사용하고자 합니다.

동의는 분석 기능에만 영향을 미칩니다. 자세한 내용은 개인정보처리방침 or 이용약관.