‘जलाकी'को गीत ‘जाले रुमाल मायालाई'मा उपासना र सोनमको रोमान्स

‘जलाकी'को गीत ‘जाले रुमाल मायालाई'मा उपासना र सोनमको रोमान्स
View on original source
카테고리: Entertainment
공유
보관함
좋아요
काठमाडौँ। अशोक थापा मगर निर्देशित फिल्म 'जलाकी'को नयाँ गीत 'जाले रुमाल मायालाई' शुक्रबार सार्वजनिक गरिएको छ। कौडाको शैलीको गीतमा एसडी योगी र रेश्मा पुनको स्वर तथा सुरेन्द्र रानाको शब्द छ। गायक एसडी योगीकै संगीत रहेको गीतका संगीत निर्माता रिकेश गुरुङ (किज) हुन्। गीतमा फिल्मका मुख्य कलाकार उपासना सिंह ठकुरी र सोनम तोप्देनको अभिनय देख्न सकिन्छ । गीतमा रत्न बीकेको बाँसुरी, मादल तथा खैंजडीमा मदन रेग्मी, पञ्चेबाजा शिशिर परियार र सारंगी हेमन्त कान्छा रसाइलीले बजाएका छन् । गीतको भिडियो सुरेन्द्र राई, सुसन तामाङ र शेखर घर्ती मगरको कोरियोग्राफी छ । भिडियोमा फिल्मका कलाकाहरू अस्तित्व भट्टचन, राजु रेग्मी मगर, दीपिका मगर, भावना मगर, प्रवेश राईलाई पनि देखिएका छन् । फिल्मको केही अघि 'चाँदी चलप' बोलको गीत सार्वजनिक गरिएको थियो । गीत दर्शकले निकै रुचाएका छन् । यो गीत पनि दर्शकले रुचाउने अपेक्षा गरिएको छ । फिल्ममा सोनम र उपासनाको अलवा शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु) लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय छ । यहि फिल्मबाट मिस सिक्किमकी साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन् । शैलेन्द्र डी. कार्कीले छायांकन गरेको फिल्म आगामी मंसिर ४ गतेबाट देशभर प्रदर्शन हुनेछ । एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर, राधा थापा र सुस्मिता बुढाथोकी रहेका छन् । निर्देशक मगरले यस अगाडि फिल्म 'खुस्मा' पनतर्देशन गरेका थिए । फिल्मको बितरण गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछ ।

(0)댓글

 

쿠키 안내

Newshunt는 로그인 상태 유지와 언어 및 국가 설정 기억을 위해 필수 쿠키를 사용하여, 사이트가 기대하신 대로 작동하도록 합니다. 동의하시면, 사용자가 Newshunt를 어떻게 이용하는지 파악하고 지속적으로 개선하기 위해 분석용 쿠키도 사용하고자 합니다.

동의는 분석 기능에만 영향을 미칩니다. 자세한 내용은 개인정보처리방침 or 이용약관.