'ड्रिम टु प्ले'बाट विराटनगर किङ्सको क्याम्पका लागि पाँच खेलाडी छनोट

'ड्रिम टु प्ले'बाट विराटनगर किङ्सको क्याम्पका लागि पाँच खेलाडी छनोट
View on original source
വിഭാഗം: Sports
പങ്കിടുക
ആർക്കൈവ്
ലൈക്ക്
नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली विराटनगर किङ्सले 'ड्रिम टु प्ले' यू–२३ टी–२० क्रिकेट प्रतियोगिताबाट पाँच जना युवा खेलाडीलाई टोलीको तयारी क्याम्पका लागि छनोट गरेको छ। छनोट भएका खेलाडीहरू अमर यादव, धवन साहनी, आयुष न्यौपाने, कविराज खत्री र नेपाल यू–१६ का खेलाडी सुयोग भट्टराई रहेका छन्। उनीहरू आगामी सेप्टेम्बर २९ देखि भारतको उत्तर प्रदेशस्थित पूर्वाञ्चल क्रिकेट एकेडेमी, गोरखपुरमा आयोजना हुने विराटनगर किङ्सको तयारी क्याम्पमा सहभागी हुनेछन्। क्याम्पका क्रममा पाँचै खेलाडीले विराटनगर किङ्सका अन्य खेलाडीहरूसँगै प्रशिक्षण गर्ने अवसर प्राप्त गर्नेछन्। प्रशिक्षण तथा अभ्यासका क्रममा उनीहरूको प्रदर्शन, क्षमता, अनुशासन र सम्भावनालाई टोलीका प्रशिक्षकले नजिकबाट मूल्यांकन गर्नेछन्। यी पाँच खेलाडीमध्ये एक जनालाई विराटनगर किङ्सको 'आइकोनिक प्लेयर' का रूपमा छनोट गरिनेछ। विराटनगर किङ्सले 'ड्रिम टु प्ले' कार्यक्रममार्फत कोशी प्रदेशका ग्रासरुट स्तरका प्रतिभाशाली युवा क्रिकेटरलाई पहिचान गरी व्यावसायिक क्रिकेटको मञ्च प्रदान गर्ने उद्देश्य लिएको जनाएको छ। 'ड्रिम टु प्ले'बाट किङ्सको तयारी क्याम्पसम्मको यात्रा युवा प्रतिभाका लागि ठूलो अवसर भएको विराटनगर किङ्सले जनाएको छ।

(0)കമന്റുകൾ

 

കുക്കികളെക്കുറിച്ചുള്ള ഒരു കുറിപ്പ്

നിങ്ങളെ സൈൻ ഇൻ ചെയ്ത നിലയിൽ നിലനിർത്താനും നിങ്ങളുടെ ഭാഷയും രാജ്യവും ഓർമ്മിക്കാനും Newshunt ആവശ്യമായ കുക്കികൾ ഉപയോഗിക്കുന്നു. നിങ്ങളുടെ അനുമതിയോടെ, ആളുകൾ Newshunt എങ്ങനെ ഉപയോഗിക്കുന്നുവെന്ന് മനസ്സിലാക്കാനും കാലക്രമേണ സേവനം മെച്ചപ്പെടുത്താനും അനലിറ്റിക്സ് കുക്കികളും ഉപയോഗിക്കാൻ ഞങ്ങൾ ആഗ്രഹിക്കുന്നു.

അംഗീകരിക്കുന്നത് അനലിറ്റിക്സിനെ മാത്രമേ ബാധിക്കൂ. കൂടുതൽ വിവരങ്ങൾക്ക് ഞങ്ങളുടെ സ്വകാര്യതാ നയം or നിബന്ധനകളും വ്യവസ്ഥകളും.