होण्डा गाडी किन्न एनआईसी एसिया बैंकले दिने भयो सहुलियतपूर्ण आकर्षक अटो लोन

होण्डा गाडी किन्न एनआईसी एसिया बैंकले दिने भयो सहुलियतपूर्ण आकर्षक अटो लोन
View on original source
വിഭാഗം: Business
പങ്കിടുക
ആർക്കൈവ്
ലൈക്ക്
काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि र एनआईसी एसिया बैंकबीच होण्डाका ग्राहकलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार एनआईसी एसिया बैंकले होण्डाका ग्राहकलाई आकर्षक तथा कम ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउनेछ। ग्राहकले कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात बुझाएको छ कार्यदिनभित्रै ऋण प्रक्रिया पूरा गर्ने प्रतिबद्धता बैंकले जनाएको छ। यो फाइनान्सिङ सुविधा होण्डाका विभिन्न लोकप्रिय मोडल खरिद गर्ने ग्राहकका लागि उपलब्ध हुनेछ। जसअन्तर्गत होण्डा सीआर–भी, सिटी ईःएचईभी, फिफ्थ जेनेरेसन सिटी र एलिभेट लगायतका गाडी खरिदमा ग्राहकले कर्जा सुविधा लिन सक्नेछन्। नयाँ होण्डा गाडी खरिद गर्न चाहने ग्राहकलाई वित्तीय रूपमा सहजता प्रदान गर्ने उद्देश्यले बैंकसँग सहकार्य गरिएको स्याकार ट्रेडिङले जनाएको छ। सम्झौताले ग्राहकलाई गाडी खरिदका लागि आवश्यक रकम व्यवस्थापन गर्न सहज हुने कम्पनीको अपेक्षा छ। सम्झौतापत्रमा एनआईसी एसिया बैंकका चिफ बिजनेस अफिसर अमित केसी र हेड–मोर्टगेज बैंकिङ तथा अटो लोन दीपक आचार्य तथा स्याकार ट्रेडिङ कम्पनी (होण्डा कार) का प्रबन्ध निर्देशक सृजना शाक्य ज्योतिले हस्ताक्षर गरेका छन्।

(0)കമന്റുകൾ

 

കുക്കികളെക്കുറിച്ചുള്ള ഒരു കുറിപ്പ്

നിങ്ങളെ സൈൻ ഇൻ ചെയ്ത നിലയിൽ നിലനിർത്താനും നിങ്ങളുടെ ഭാഷയും രാജ്യവും ഓർമ്മിക്കാനും Newshunt ആവശ്യമായ കുക്കികൾ ഉപയോഗിക്കുന്നു. നിങ്ങളുടെ അനുമതിയോടെ, ആളുകൾ Newshunt എങ്ങനെ ഉപയോഗിക്കുന്നുവെന്ന് മനസ്സിലാക്കാനും കാലക്രമേണ സേവനം മെച്ചപ്പെടുത്താനും അനലിറ്റിക്സ് കുക്കികളും ഉപയോഗിക്കാൻ ഞങ്ങൾ ആഗ്രഹിക്കുന്നു.

അംഗീകരിക്കുന്നത് അനലിറ്റിക്സിനെ മാത്രമേ ബാധിക്കൂ. കൂടുതൽ വിവരങ്ങൾക്ക് ഞങ്ങളുടെ സ്വകാര്യതാ നയം or നിബന്ധനകളും വ്യവസ്ഥകളും.