भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवामा पास

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवामा पास
View on original source
വിഭാഗം: Blend
പങ്കിടുക
ആർക്കൈവ്
ലൈക്ക്
९ असोज, विराटनगर । विराटनगर महानगरपालिका–३ की २४ वर्षीया ऋचा निरौला पछिल्लो ३० दिनदेखि सम्पर्कविहीन छिन्। अपर त्रिशूली–१ आयोजनामा कार्यरत उनी भदौ १० को भोटेकोशी बाढीमा परेर बेपत्ता भएकी हुन्। आफ्नी छोरीको खबरको प्रतिक्षामा रहेका परिवारमा पुग्यो बिहीबार लोकसेवा आयोगको लिखित परीक्षामा उत्तीर्ण भएको नतिजा। लोकसेवा आयोगले बिहीबार सार्वजनिक गरेको सब-इन्जिनियर पदको लिखित परीक्षाको नतिजामा ऋचाले सफलता हासिल गरेकी हुन् । लिखित परीक्षाको नतिजामा उनको नाम १२ औँ क्रमसंख्यामा छ । उनले गत असार ६ गते परीक्षा दिएकी थिइन्। ऋचा बेपत्ताको पीडामा रहेको परिवारमा उनको नतिजाले झन पीडा दियो। ६ महिनाअघि मात्रै आयोजनामा काम गर्न रसुवा गएकी ऋचाले पहिलोपटक लोकसेवा आयोगको परीक्षा दिएकी थिइन् । बुबा लीलाप्रसाद निरौलाका अनुसार पहिलो प्रयासमै उनले नाम निकालेकी हुन्। लीलाप्रसादका तीन सन्तानमध्ये ऋचा कान्छी हुन् । ऋचाको मोबाइल लोकेसन उत्तरगया गाउँपालिका–१ स्थित तिरु आधारभूत विद्यालय आसपाससम्म देखिएको थियो। त्यसपछि फोन स्विच अफ छ। खुसी दुःखी अचम्मित उत्साहित आक्रोशित

(0)കമന്റുകൾ

 

കുക്കികളെക്കുറിച്ചുള്ള ഒരു കുറിപ്പ്

നിങ്ങളെ സൈൻ ഇൻ ചെയ്ത നിലയിൽ നിലനിർത്താനും നിങ്ങളുടെ ഭാഷയും രാജ്യവും ഓർമ്മിക്കാനും Newshunt ആവശ്യമായ കുക്കികൾ ഉപയോഗിക്കുന്നു. നിങ്ങളുടെ അനുമതിയോടെ, ആളുകൾ Newshunt എങ്ങനെ ഉപയോഗിക്കുന്നുവെന്ന് മനസ്സിലാക്കാനും കാലക്രമേണ സേവനം മെച്ചപ്പെടുത്താനും അനലിറ്റിക്സ് കുക്കികളും ഉപയോഗിക്കാൻ ഞങ്ങൾ ആഗ്രഹിക്കുന്നു.

അംഗീകരിക്കുന്നത് അനലിറ്റിക്സിനെ മാത്രമേ ബാധിക്കൂ. കൂടുതൽ വിവരങ്ങൾക്ക് ഞങ്ങളുടെ സ്വകാര്യതാ നയം or നിബന്ധനകളും വ്യവസ്ഥകളും.