बीमा प्राधिकरण, कोशी प्रदेशको आयोजनामा विद्यालयमा बीमासम्बन्धी अभिमुखीकरण सम्पन्न

बीमा प्राधिकरण, कोशी प्रदेशको आयोजनामा विद्यालयमा बीमासम्बन्धी अभिमुखीकरण सम्पन्न
View on original source
വിഭാഗം: Health
പങ്കിടുക
ആർക്കൈവ്
ലൈക്ക്
काठमाडौं । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरको आयोजनामा विराटनगर–१ स्थित जेम्स इन्टरनेशनल सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थी तथा शिक्षकसँग बीमासम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थी तथा शिक्षकमार्फत आम नागरिकमा बीमासम्बन्धी सचेतना अभिवृद्धि गर्दै बीमाको पहुँच विस्तार गर्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रम को आयोजना गरिएको नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख राजेन्द्र मर्हजनले जानकारी दिए । कार्यक्रममा प्राधिकरणकी सहायक निर्देशक पुष्पा खनालले नेपालको वित्तीय प्रणाली, बीमाको परिचय, प्रकार, महत्व तथा बीमा क्षेत्रका चुनौतीका साथै नेपाल बीमा प्राधिकरणको काम, कर्तव्य र अधिकारबारे प्रस्तुतीकरण गरिन् । उनले विद्यार्थीमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै बीमासम्बन्धी जानकारी समुदायस्तरसम्म पु¥याउनुपर्नेमा जोड दिइन् । कार्यक्रममा विद्यार्थीका लागि प्रश्नोत्तर कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। विद्यालयका प्रधानाध्यापक पंकज खड्काले आर्थिक जोखिम न्यूनीकरणका लागि बीमा महत्वपूर्ण रहेको बताउँदै यस्ता कार्यक्रमले विद्यार्थी र अभिभावक दुवैमा व्यावहारिक वित्तीय ज्ञान बढाउन सहयोग पुग्ने धारणा व्यक्त गरे । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले बीमासम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए। महर्जनले जीवन, घर, कृषि तथा पशुपन्छी बीमाले विपद् तथा क्षतिबाट हुने आर्थिक जोखिम न्यूनीकरणमा सहयोग पु¥याउने बताए कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणकी सहायक निर्देशक सविता झाले गरेकी थिइन् । प्राधिकरणका कोशी प्रदेश प्रमुख महर्जनले बीमा गर्दा बीमा लेखका नियम तथा सर्तहरू राम्ररी बुझ्न आग्रह गर्दै बीमा क्षेत्रमा दक्ष जनशक्तिको माग रहेकाले विद्यार्थीका लागि यो राम्रो करियर क्षेत्र बन्न सक्ने बताए । उनले यस्ता चेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । 0% खुसी 0% दु :खी 0% अचम्मित 0% उत्साहित 0% आक्रोशित

(0)കമന്റുകൾ

 

കുക്കികളെക്കുറിച്ചുള്ള ഒരു കുറിപ്പ്

നിങ്ങളെ സൈൻ ഇൻ ചെയ്ത നിലയിൽ നിലനിർത്താനും നിങ്ങളുടെ ഭാഷയും രാജ്യവും ഓർമ്മിക്കാനും Newshunt ആവശ്യമായ കുക്കികൾ ഉപയോഗിക്കുന്നു. നിങ്ങളുടെ അനുമതിയോടെ, ആളുകൾ Newshunt എങ്ങനെ ഉപയോഗിക്കുന്നുവെന്ന് മനസ്സിലാക്കാനും കാലക്രമേണ സേവനം മെച്ചപ്പെടുത്താനും അനലിറ്റിക്സ് കുക്കികളും ഉപയോഗിക്കാൻ ഞങ്ങൾ ആഗ്രഹിക്കുന്നു.

അംഗീകരിക്കുന്നത് അനലിറ്റിക്സിനെ മാത്രമേ ബാധിക്കൂ. കൂടുതൽ വിവരങ്ങൾക്ക് ഞങ്ങളുടെ സ്വകാര്യതാ നയം or നിബന്ധനകളും വ്യവസ്ഥകളും.