इजरायलमा रोजगारीको प्रलोभन देखाएर ठगी : थप दुई जना पक्राउ

इजरायलमा रोजगारीको प्रलोभन देखाएर ठगी : थप दुई जना पक्राउ
View on original source
श्रेणी: Politics
साझा गर्नुहोस्
अभिलेख
मनपर्यो
काठमाडौँ । वैदेशिक रोजगारीका लागी इजरायल पठाउने प्रलोभन देखाएर ठगेको आरोपमा थप दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम दुरुपयोग गरेर ठगेको आरोपमा यसअघि कांग्रेसका महाधिवेशन प्रतिनिधि भरत चौँलागाईं र बालिका शिवाकोटी पक्राउ परेका थिए । सो प्रकरणमा थप दुई जनालाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता (एसएसपी) अनुपम शमशेर जबराले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठ छन् । केयर गिभरको रोजगारीका लागि इजरायलमा पठाउँछौँ भनेर आरोपीहरूले २ करोड ५० लाख ठगी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । दोलखाको कालिन्चोक गाउँपालिका–८ घर भएकी ३२ वर्षीया बालिका शिवाकोटीले आफूले सङ्कलन गरेको रकम मध्ये डेढ करोड रुपैयाँ नगद भरत चौँलागाईंलाई दिएको बयानमा खुलाएकी छन् । चौँलागाईं रामेछापको सुनापति गाउँपालिका–१ का स्थानीय हुन् । चौँलागाईं असोज १ मा रामेछापको मन्थलीबाट पक्राउ परेका थिए । वैदेशिक रोजगारीका लागी नेपालबाट इजरायलमा कामदार पठाउन सरकारले सन् २०२४ मा परीक्षा लिएको थियो । लक्की ड्र मार्फत २ हजार ९९ जना छानिएका थिए । त्यतिबेला लक्की ड्रमा नपरेका १५६ जनालाई 'हामी पठाइदिन सक्छौँ' भनेर चौँलागाईंको समूहले रकम असुलेको हो । शिवाकोटी पत्रकार हुन् । बुधबार ब्युरोले सो प्रकरणमा ठगिनेहरूलाई जाहेरी दिन आह्वान गरेको छ ।

(0)टिप्पणीहरू

 

कुकीहरू बारे जानकारी

Newshunt ले तपाईंलाई साइन इन राख्न र तपाईंको भाषा र देश सम्झन आवश्यक कुकीहरू प्रयोग गर्दछ, ताकि साइट तपाईंले अपेक्षा गरेअनुसार काम गरोस्। तपाईंको अनुमतिमा, हामी Newshunt लाई मानिसहरूले कसरी प्रयोग गर्छन् भन्ने बुझ्न र समयसँगै सुधार्न एनालिटिक्स कुकीहरू पनि प्रयोग गर्न चाहन्छौं।

स्वीकार गर्नाले एनालिटिक्समा मात्र असर पार्छ। थप जान्नका लागि, हाम्रो हेर्नुहोस् गोपनीयता नीति or नियम र शर्तहरू.