तिहार अवधिभर कस्तो रहला देशभरको मौसम?

तिहार अवधिभर कस्तो रहला देशभरको मौसम?
View on original source
श्रेणी: Tourism
साझा गर्नुहोस्
अभिलेख
मनपर्यो
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी कात्तिक २७ गतेसम्मको मौसम पूर्वानुमान विशेष बुलेटिन सार्वजनिक गरेको छ। विभागले सार्वजनिक गरेको विवरण अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण आगामी पाँच दिनसम्म देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने तथा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ भने तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहनेछ। विभागको पूर्वानुमानअनुसार मङ्गलबार देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रही हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। यसैगरी सोमबार राति पनि हिमाली भूभागमा आंशिक बदली रही बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। कात्तिक २५ गते बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि यस्तै किसिमको मौसमी प्रणाली देखिन सक्नेछ। त्यस्तै, कात्तिक २६ गते बिहीबार देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रही तराईमा मौसम मुख्यतया सफा रहनेछ भने सो दिन कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। आगामी कात्तिक २७ गते शुक्रबार पनि हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र तराईको मौसम मुख्यतया सफा रहनेछ भने सो दिन विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ।

(0)टिप्पणीहरू

 

कुकीहरू बारे जानकारी

Newshunt ले तपाईंलाई साइन इन राख्न र तपाईंको भाषा र देश सम्झन आवश्यक कुकीहरू प्रयोग गर्दछ, ताकि साइट तपाईंले अपेक्षा गरेअनुसार काम गरोस्। तपाईंको अनुमतिमा, हामी Newshunt लाई मानिसहरूले कसरी प्रयोग गर्छन् भन्ने बुझ्न र समयसँगै सुधार्न एनालिटिक्स कुकीहरू पनि प्रयोग गर्न चाहन्छौं।

स्वीकार गर्नाले एनालिटिक्समा मात्र असर पार्छ। थप जान्नका लागि, हाम्रो हेर्नुहोस् गोपनीयता नीति or नियम र शर्तहरू.