भारतमा आगलागीका घटनामा १८ जनाको मृत्यु

भारतमा आगलागीका घटनामा १८ जनाको मृत्यु
View on original source
श्रेणी: Politics
साझा गर्नुहोस्
अभिलेख
मनपर्यो
दुई घटना मध्यप्रदेश राज्यका सिओनी र कटनी जिल्लामा भएका हुन् भने एक घटना दक्षिण–पश्चिम राज्य महाराष्ट्रको धाराशिव जिल्लामा भएको हो । नयाँदिल्ली — भारतमा आइतबार रातभरि भएका तीन छुट्टाछुट्टै आगलागीका घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको र थुप्रै घाइते भएको स्थानीय प्रहरीले सोमबार पुष्टि गरेको छ । दुई घटना मध्यप्रदेश राज्यका सिओनी र कटनी जिल्लामा भएका हुन् भने एक घटना दक्षिण–पश्चिम राज्य महाराष्ट्रको धाराशिव जिल्लामा भएको हो । यी घटनाहरू आइतबार मनाइएको वार्षिक चाड 'दिवाली' को रातमा भएका हुन्। प्रहरीका अनुसार आगलागीबाट सिओनी जिल्लामा एक परिवारका छ जना सदस्यहरूको मृत्यु भएका र चार जना घाइते भएका छन् । उनीहरूको तीनतले घरभित्र ठूलो आगोलागी भएपछि उनीहरूको हताहत भएको हो । घाइतेहरूलाई उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरिएको छ। त्यसैगरी, कटनी जिल्लाको बहुतले भवनभित्र रहेको भाँडाकुँडा पसलमा आगलागी हुँदा एउटै परिवारका छ जनाको मृत्यु भएको छ । आगोलागीको कारण अज्ञात रहेको स्थानीय प्रहरीले बताएका छन् । तेस्रो घटनामा परिवारका छ जना सदस्यहरू निदाएको अवस्थामा घरभित्र आगो फैलिएपछि निस्केको धुवाँले गर्दा अक्सिजनको कमी भई श्वासप्रश्वासमा समस्या हुँदा मृत्यु भएको हो । यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि.सेन्ट्रल बिजनेस पार्क, थापाथलीकाठमाडौं, नेपाल

(0)टिप्पणीहरू

 

कुकीहरू बारे जानकारी

Newshunt ले तपाईंलाई साइन इन राख्न र तपाईंको भाषा र देश सम्झन आवश्यक कुकीहरू प्रयोग गर्दछ, ताकि साइट तपाईंले अपेक्षा गरेअनुसार काम गरोस्। तपाईंको अनुमतिमा, हामी Newshunt लाई मानिसहरूले कसरी प्रयोग गर्छन् भन्ने बुझ्न र समयसँगै सुधार्न एनालिटिक्स कुकीहरू पनि प्रयोग गर्न चाहन्छौं।

स्वीकार गर्नाले एनालिटिक्समा मात्र असर पार्छ। थप जान्नका लागि, हाम्रो हेर्नुहोस् गोपनीयता नीति or नियम र शर्तहरू.