इराकमा ठूलो परिमाणको लागूऔषध बरामद, तस्करी योजना विफल

इराकमा ठूलो परिमाणको लागूऔषध बरामद, तस्करी योजना विफल
View on original source
श्रेणी: Politics
साझा गर्नुहोस्
अभिलेख
मनपर्यो
बगदाद, २१ असोज । इराकी सैन्य गुप्तचर बलले देशको पश्चिमी मरुभूमि क्षेत्रमा लागूऔषध तस्करीको प्रयास विफल पार्दै करिब दुई लाख ५० हजार नशालु गोली बरामद गरेको इराकी रक्षा मन्त्रालयले मंगलबार जनाएको छ । रक्षा मन्त्रालयका अनुसार तस्करीमा संलग्न व्यक्तिहरूले ट्र्याकिङ उपकरण जडान गरिएको बेलुनमार्फत लागूऔषध ओसारपसार गर्ने योजना बनाएका थिए । घटनासम्बन्धी फरेन्सिक अनुसन्धान इकाइले कानुनी प्रक्रिया अघि बढाइरहेको मन्त्रालयले जनाएको छ । अनुसन्धान पूरा भएपछि मुद्दा प्रचलित कानुनअनुसार सम्बन्धित निकायमा पठाइने बताइएको छ । सन् २००३ मा अमेरिकाको नेतृत्वमा भएको आक्रमणपछि इराकमा लामो समयसम्म जारी रहेको अस्थिरता र द्वन्द्वले लागूऔषध नियन्त्रणका प्रयासमा चुनौती थपेको छ । इराकी सरकारले लागूऔषधको तस्करी आतंकवादलाई आर्थिक स्रोत उपलब्ध गराउने प्रमुख माध्यममध्ये एक रहेको बताउँदै आएको छ । रासस

(0)टिप्पणीहरू

 

कुकीहरू बारे जानकारी

Newshunt ले तपाईंलाई साइन इन राख्न र तपाईंको भाषा र देश सम्झन आवश्यक कुकीहरू प्रयोग गर्दछ, ताकि साइट तपाईंले अपेक्षा गरेअनुसार काम गरोस्। तपाईंको अनुमतिमा, हामी Newshunt लाई मानिसहरूले कसरी प्रयोग गर्छन् भन्ने बुझ्न र समयसँगै सुधार्न एनालिटिक्स कुकीहरू पनि प्रयोग गर्न चाहन्छौं।

स्वीकार गर्नाले एनालिटिक्समा मात्र असर पार्छ। थप जान्नका लागि, हाम्रो हेर्नुहोस् गोपनीयता नीति or नियम र शर्तहरू.