सन् २०२७ सम्ममा स्वास्थ्य सेवा लागत उच्च बिन्दुमा पुग्ने अनुमान, भार कर्मचारीमाथि थोपर्दै रोजगारदाता

सन् २०२७ सम्ममा स्वास्थ्य सेवा लागत उच्च बिन्दुमा पुग्ने अनुमान, भार कर्मचारीमाथि थोपर्दै रोजगारदाता
View on original source
श्रेणी: Health
साझा गर्नुहोस्
अभिलेख
मनपर्यो
अमेरिका Photo: Marek Studzinski/ Unsplash स्वास्थ्य सेवाको लागत दिनानुदिन बढ्दो क्रममा छ। मर्चरले हालै गरेको एक अध्ययन अनुसार, रोजगारदाताहरूले लागत कटौतीका विभिन्न उपायहरू अपनाउँदा-अपनाउँदै पनि सन् २०२७ सम्ममा प्रति कर्मचारी कुल स्वास्थ्य सुविधा लागत ८.२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। यदि रोजगारदाताहरूले योजनाबद्ध कटौती नगरेको भए यो वृद्धि दर ११ प्रतिशतसम्म पुग्ने थियो। सन् २००३ पछिको यो सबैभन्दा उच्च वृद्धि हो। स्वास्थ्य लागत बढेसँगै रोजगारदाताहरूले पुनः पुरानै रवैया दोहोर्‍याएका छन्। 'द वाल स्ट्रिट जर्नल' को हालैको एक प्रतिवेदन अनुसार, स्वास्थ्य सेवाको मूल्य वृद्धि भएसँगै कर्मचारीहरूको तलबबाट कटौती हुने अंश झनै तीव्र गतिमा बढेको छ। स्वास्थ्य सेवा महँगो हुँदै जाँदा रोजगारदाताहरू आफ्नो मुनाफाप्रति चिन्तित हुनु स्वाभाविक भए पनि त्यसको सम्पूर्ण भार कर्मचारीहरूमाथि थुपार्नु कत्तिको व्यावहारिक हो भन्ने प्रश्न उठेको छ। विशेष गरी साना कम्पनीहरू-जसमध्य ४४ प्रतिशतले आफ्नै स्वास्थ्य बीमा सुविधा नै प्रदान गर्दैनन्-उनीहरूसँग कर्मचारीलाई अतिरिक्त भार नपारी लागत नियन्त्रण गर्ने अन्य विकल्पहरू उपलब्ध छन्। लागत व्यवस्थापनका लागि केही प्रमुख विकल्पहरू निम्न अनुसार छन् । यस योजना अन्तर्गत कम्पनीले छुट्टै समूहगत स्वास्थ्य बीमा खरिद गरिरहनु पर्दैन। यसको सट्टा कर्मचारीहरूले आफैँ खरिद गरेको स्वास्थ्य बीमाको रकम कम्पनीले शोधभर्ना गरिदिन्छ। १०० भन्दा कम कर्मचारी भएका साना व्यवसायहरूमा यो प्रणालीको प्रयोग ७३ देखि १२८ प्रतिशतले बढेको छ। खसोखास साप्ताहिकको ग्राहक बन्नुहोस् सन् २०१२ देखि न्युयोर्कबाट प्रकाशित पहिलो नेपाली साप्ताहिक — छापा अंक घरमै पाउनुहोस्। सब्स्क्राइब गर्नुहोस् → उच्च डिडक्टिबल समूह बीमा योजना भएका कम्पनीहरूले सजिलै एचएसए जोड्न सक्छन्। यस मार्फत कर्मचारीहरूले कर-मुक्त रकम जम्मा गरी डिडक्टिबल, को-पे, सिफारिस गरिएका तथा सामान्य औषधि, र बीमाले नसमेट्ने दन्त तथा आँखा उपचारको खर्च व्यहोर्न सक्छन्। यो बचत रकम रोजगार परिवर्तन गर्दा पनि कर्मचारीसँगै रहन्छ। ठूला कम्पनीहरूले मात्र अपनाउने स्व-बीमा प्रणाली अहिले साना कम्पनीहरूले पनि रोज्न थालेका छन्। कम्पनीहरूले निश्चित सीमासम्मको खर्च सोझै व्यहोर्ने र ठूला दाबीहरूका लागि स्टप-लस कभरेज लिने गर्छन्। यसका साथै, कम्पनीहरूले स्थानीय आकस्मिक उपचार केन्द्र, स्वास्थ्य संस्था र फार्मेसीहरूसँग सहुलियत दरमा सम्झौता गरी लागत नियन्त्रण गरिरहेका छन्। स्वास्थ्य बीमाका जटिल सर्त र विकल्पहरू बुझ्न कठिन हुने भएकाले विज्ञ परामर्शदाताको सहयोग लिएर कर्मचारीहरूलाई सही र किफायती योजना छनोट गर्न मद्दत गर्न सकिन्छ। यसले कम्पनीको वित्तीय योगदानलाई पनि सन्तुलित बनाउँछ। यी रणनीतिहरूले कम्पनी र कर्मचारी दुवैको स्वास्थ्य खर्च नियन्त्रणमा ठूलो भूमिका खेल्न सक्छन्। तर, यी उपायहरू कार्यान्वयन गर्न समय, प्रयास र स्रोत आवश्यक पर्ने भएकाले अधिकांश रोजगारदाताहरूले झन्झट मान्दै खर्चको सीधा भार कर्मचारीमाथि थुपार्ने गरेका छन्। दक्ष जनशक्तिको अभाव भइरहेको वर्तमान बजारमा स्वास्थ्य बीमा सम्बन्धी यस्तो उदासीनता जोखिमपूर्ण हुन सक्छ। समयमै रचनात्मक विकल्पहरू अपनाउने कम्पनीहरूले मात्र लागत नियन्त्रण गर्दै उत्कृष्ट प्रतिभाहरूलाई आकर्षित र टिकाइराख्न सक्नेछन्।

(0)टिप्पणीहरू

 

कुकीहरू बारे जानकारी

Newshunt ले तपाईंलाई साइन इन राख्न र तपाईंको भाषा र देश सम्झन आवश्यक कुकीहरू प्रयोग गर्दछ, ताकि साइट तपाईंले अपेक्षा गरेअनुसार काम गरोस्। तपाईंको अनुमतिमा, हामी Newshunt लाई मानिसहरूले कसरी प्रयोग गर्छन् भन्ने बुझ्न र समयसँगै सुधार्न एनालिटिक्स कुकीहरू पनि प्रयोग गर्न चाहन्छौं।

स्वीकार गर्नाले एनालिटिक्समा मात्र असर पार्छ। थप जान्नका लागि, हाम्रो हेर्नुहोस् गोपनीयता नीति or नियम र शर्तहरू.