सन् २०२७ मा चाइल्ड ट्याक्स क्रेडिट बढेर २ हजार ३०० डलर, रिफन्डेबल रकम १ हजार ८०० डलर

सन् २०२७ मा चाइल्ड ट्याक्स क्रेडिट बढेर २ हजार ३०० डलर, रिफन्डेबल रकम १ हजार ८०० डलर
View on original source
श्रेणी: Financial
साझा गर्नुहोस्
अभिलेख
मनपर्यो
अमेरिकामा बालबालिका भएका परिवारले पाउने संघीय कर छुट (चाइल्ड ट्याक्स क्रेडिट) सन् २०२७ का लागि १०० डलरले बढ्ने भएको छ। आन्तरिक राजस्व सेवा (आईआरएस) ले सार्वजनिक गरेको नयाँ मुद्रास्फीति समायोजनअनुसार योग्य बालबालिकाका लागि अधिकतम कर छुट २ हजार ३०० डलर पुग्नेछ। त्यस्तै, करदाताले फिर्ता पाउन सक्ने रकम पनि १०० डलरले बढेर १ हजार ८०० डलर पुग्नेछ। यी परिवर्तन सन् २०२७ जनवरी १ देखि सुरु हुने कर वर्षमा लागू हुनेछन्। योग्य करदाताले बढेको कर छुट सन् २०२८ मा सन् २०२७ को संघीय आयकर विवरण बुझाउँदा दाबी गर्न सक्नेछन्। चाइल्ड ट्याक्स क्रेडिट पाउन कर वर्षको अन्त्यसम्ममा बालबालिका १७ वर्षभन्दा कम उमेरको हुनुपर्छ। उनीहरू अमेरिकी नागरिक, अमेरिकी राष्ट्रिय वा अमेरिकी कर कानुनअनुसार योग्य आवासीय विदेशी हुनुपर्छ। साथै, उनीहरूसँग मान्य सामाजिक सुरक्षा नम्बर हुन आवश्यक छ। क्रेडिट दाबी गर्ने कम्तीमा एक अभिभावकसँग पनि काम गर्न योग्य सामाजिक सुरक्षा नम्बर हुनुपर्छ। तर सबै परिवारले अधिकतम रकम पाउँछन् भन्ने छैन। करदाताको आम्दानी बढ्दै जाँदा क्रेडिट घट्दै जाने व्यवस्था छ। एकल कर विवरण बुझाउने तथा अन्य व्यक्तिगत करदाताको वार्षिक आम्दानी २ लाख डलर र संयुक्त रूपमा कर विवरण बुझाउने विवाहित दम्पतीको आम्दानी ४ लाख डलरभन्दा बढी भएमा क्रेडिट क्रमशः घट्न थाल्छ। यी आय सीमा मुद्रास्फीतिअनुसार परिवर्तन हुँदैनन्। चाइल्ड ट्याक्स क्रेडिटको फिर्ता पाउन सकिने हिस्सालाई अतिरिक्त बाल कर छुट (एडिसनल चाइल्ड ट्याक्स क्रेडिट) भनिन्छ। करदाताले तिर्नुपर्ने संघीय आयकरभन्दा बढी क्रेडिट भएमा निश्चित सर्त पूरा गरेर बाँकी रकम फिर्ता पाउन सक्छन्। कर तिर्नुपर्ने दायित्व नभएका योग्य परिवारले पनि तोकिएका सर्त पूरा गरेमा यस्तो रकम दाबी गर्न सक्छन्। सन् २०२७ मा फिर्ता पाउन सकिने रकम अधिकतम १ हजार ८०० डलर हुनेछ। यसको गणना करदाताको कमाइका आधारमा गरिन्छ। सामान्यतया २ हजार ५०० डलरभन्दा बढीको कमाइको १५ प्रतिशतका दरले गणना हुने रकम अधिकतम १ हजार ८०० डलरसम्म हुन सक्छ। बालबालिकाबाहेक अन्य योग्य आश्रित व्यक्तिका लागि भने अधिकतम ५०० डलरसम्मको गैरफिर्तायोग्य कर छुट उपलब्ध छ। यसले कर दायित्व घटाउन सक्छ, तर तिर्नुपर्ने करभन्दा बढी रकम फिर्ता पाउने सुविधा दिँदैन। चाइल्ड ट्याक्स क्रेडिटमा भएको पछिल्लो वृद्धि वार्षिक मुद्रास्फीति समायोजनको हिस्सा हो। सन् २०२५ मा लागू भएको 'वान बिग ब्युटिफुल बिल' ले यो कर छुटलाई स्थायी रूपमा २ हजार २०० डलर कायम गर्दै मुद्रास्फीतिअनुसार समायोजन गर्ने व्यवस्था गरेको थियो। सन् २०२६ मा भने अधिकतम सीमामा थप वृद्धि भएको थिएन। यसअघि चाइल्ड ट्याक्स क्रेडिट २ हजार डलर थियो। सन् २०२१ मा लागू भएको 'अमेरिकन रेस्क्यु प्लान ऐन' ले अस्थायी रूपमा बालबालिकाको उमेरअनुसार यो रकम ३ हजारदेखि ३ हजार ६०० डलरसम्म पुर्‍याएको थियो। तर उक्त व्यवस्था एक वर्षका लागि मात्र लागू भएको थियो। करदाताले पाउने वास्तविक कर छुट भने उनीहरूको आम्दानी, योग्य बालबालिकाको संख्या र कर कानुनले निर्धारण गरेका अन्य सर्तमा निर्भर हुनेछ। यो समाचारबारे तपाईंको प्रतिक्रिया प्रतिक्रिया लेख्न वा पढ्न क्लिक गर्नुहोस् ▾

(0)टिप्पणीहरू

 

कुकीहरू बारे जानकारी

Newshunt ले तपाईंलाई साइन इन राख्न र तपाईंको भाषा र देश सम्झन आवश्यक कुकीहरू प्रयोग गर्दछ, ताकि साइट तपाईंले अपेक्षा गरेअनुसार काम गरोस्। तपाईंको अनुमतिमा, हामी Newshunt लाई मानिसहरूले कसरी प्रयोग गर्छन् भन्ने बुझ्न र समयसँगै सुधार्न एनालिटिक्स कुकीहरू पनि प्रयोग गर्न चाहन्छौं।

स्वीकार गर्नाले एनालिटिक्समा मात्र असर पार्छ। थप जान्नका लागि, हाम्रो हेर्नुहोस् गोपनीयता नीति or नियम र शर्तहरू.