टाइम म्यागजिनको जलवायुसम्बन्धी प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री डा. वाग्ले छनोट

टाइम म्यागजिनको जलवायुसम्बन्धी प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री डा. वाग्ले छनोट
View on original source
श्रेणी: Politics
साझा गर्नुहोस्
अभिलेख
मनपर्यो
काठमाडौं। विश्वविख्यात 'टाइम' म्यागजिनले यस वर्ष (२०२६) का लागि सार्वजनिक गरेको जलवायु मुद्दाका विश्वका १०० प्रभावशाली व्यक्तित्वहरूको सूचीमा नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले छानिएका छन्। १०३ वर्षको लामो विरासत बोकेको यस प्रतिष्ठित सूचीमा पर्न सफल भएका डा. वाग्लेले विगत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा अध्ययता, नीति निर्माता तथा निर्वाचित राजनीतिज्ञका रूपमा पुर्‍याएको योगदानको कदर गरिएको छ। विशेष गरी रसुवाको भोटेकोशी बाढीपश्चात् उनले विश्व मञ्चहरूमा जलवायु न्यायका लागि गरेको कडा पैरवी, जलवायु वित्तका लागि आवश्यक पहल र स्रोत व्यवस्थापन तथा अन्तर्राष्ट्रिय प्रणालीगत सुधारका पक्षमा राख्नुभएका स्पष्ट विचारहरू अत्यन्त उल्लेखनीय मानिएका छन्। यस वर्ष टाइम म्यागजिनको यस प्रतिष्ठित सूचीमा अर्थमन्त्री डा. वाग्लेसँगै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, बेलायती राजकुमार विलियम र युरोपेली कमिसनकी अध्यक्ष उर्सला भन डर लेयनलगायत विश्वका चर्चित हस्तीहरू पनि सूचीकृत भएका छन्। यस किसिमको अन्तर्राष्ट्रिय सम्मानले नेपालको जलवायु मुद्दा र आर्थिक कूटनीतिलाई विश्वसामु थप उचाइमा पुर्‍याएको छ।

(0)टिप्पणीहरू

 

कुकीहरू बारे जानकारी

Newshunt ले तपाईंलाई साइन इन राख्न र तपाईंको भाषा र देश सम्झन आवश्यक कुकीहरू प्रयोग गर्दछ, ताकि साइट तपाईंले अपेक्षा गरेअनुसार काम गरोस्। तपाईंको अनुमतिमा, हामी Newshunt लाई मानिसहरूले कसरी प्रयोग गर्छन् भन्ने बुझ्न र समयसँगै सुधार्न एनालिटिक्स कुकीहरू पनि प्रयोग गर्न चाहन्छौं।

स्वीकार गर्नाले एनालिटिक्समा मात्र असर पार्छ। थप जान्नका लागि, हाम्रो हेर्नुहोस् गोपनीयता नीति or नियम र शर्तहरू.