गरिबको चमेली बोल्दिने कोहि छैन

गरिबको चमेली बोल्दिने कोहि छैन
View on original source
श्रेणी: Health
साझा गर्नुहोस्
अभिलेख
मनपर्यो
अमानवीयताको पराकाष्ठा: सर्लाहीको सडकमै सुत्केरी हुनुपर्ने बाध्यता र हाम्रो चेतना सभ्य समाज र कल्याणकारी राज्यका लागि यसभन्दा ठूलो व्यङ्ग्य र अमानवीय दृश्य अरू केही हुन सक्दैन। सर्लाही जिल्लामा आर्थिक अभावकै कारण एक गर्भवती महिलालाई अस्पतालबाट निकालिनु र उनले सडकमै शिशुलाई जन्म दिनुपर्ने बाध्यता आउनु अत्यन्तै हृदयविदारक, लज्जास्पद र निन्दनीय घटना हो। जीवन बचाउने र सहारा दिने ठाउँ मानिने स्वास्थ्य संस्थाबाटै एउटा ज्यानलाई पैसाको अभावमा बाहिर निकालिनुले हाम्रो समाज, सरकार र समग्र स्वास्थ्य प्रणालीको कुरूप अनुहार उदाङ्गो पारिदिएको छ। यो घटना केवल एउटा प्राविधिक वा प्रशासनिक त्रुटि मात्र होइन, यो त महिलाको दयनीय सामाजिक स्थिति, राज्यको गैरजिम्मेवारीपन र हाम्रो समाजमा मर्दै गएको मानवीय संवेदनाको प्रत्यक्ष प्रमाण हो। संविधानले प्रत्येक नागरिकलाई स्वास्थ्यको मौलिक हक र महिलालाई सुरक्षित मातृत्वको अधिकार ग्यारेन्टी गरेको छ। तर, व्यवहारमा पहुँच र पैसा नहुनेका लागि ती अधिकारहरू केवल कागजका पानामा सीमित भएका छन्। पैसाको अभावमा एउटी महिलाले सडकको धुलोमा जीवन र मृत्युको दोसाँचोमा उभिएर बच्चा...

(0)टिप्पणीहरू

 

कुकीहरू बारे जानकारी

Newshunt ले तपाईंलाई साइन इन राख्न र तपाईंको भाषा र देश सम्झन आवश्यक कुकीहरू प्रयोग गर्दछ, ताकि साइट तपाईंले अपेक्षा गरेअनुसार काम गरोस्। तपाईंको अनुमतिमा, हामी Newshunt लाई मानिसहरूले कसरी प्रयोग गर्छन् भन्ने बुझ्न र समयसँगै सुधार्न एनालिटिक्स कुकीहरू पनि प्रयोग गर्न चाहन्छौं।

स्वीकार गर्नाले एनालिटिक्समा मात्र असर पार्छ। थप जान्नका लागि, हाम्रो हेर्नुहोस् गोपनीयता नीति or नियम र शर्तहरू.