डिजेलको मूल्य घटाउन ट्रम्पले लिए यस्तो निर्णय

डिजेलको मूल्य घटाउन ट्रम्पले लिए यस्तो निर्णय
View on original source
श्रेणी: Business
साझा गर्नुहोस्
अभिलेख
मनपर्यो
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिजेलको बढ्दो मूल्य घटाउन कर छुट दिने उद्देश्यसहित कार्यकारी आदेश जारी गरेका छन्। ट्रम्पले सोमबार जारी गरेको आदेशले 'रेड–डाइड डिजेल' अर्थात् कर छुट दिइएको डिजेललाई अस्थायी रूपमा राजमार्गमा चल्ने सवारीसाधनमा समेत प्रयोग गर्न अनुमति दिनेछ। यसबाट ट्रक चालक, किसान तथा निर्माण क्षेत्रमा डिजेलको लागत घट्ने अपेक्षा गरिएको छ। ह्वाइट हाउसका अनुसार वर्षको अन्त्यसम्म राजमार्गमा प्रयोग हुने 'रेड–डाइड डिजेल'मा लाग्ने संघीय करको भुक्तानी स्थगित गरिनेछ। हाल अमेरिकामा राजमार्गमा प्रयोग हुने डिजेलमा प्रतिग्यालेन २४.४ सेन्ट संघीय कर लाग्छ भने राज्यगत कर औसत ३५.५ सेन्ट रहेको छ। अमेरिकामा डिजेलको मूल्य पछिल्लो समय तीव्र रूपमा बढेको छ। सेप्टेम्बर २२ मा प्रतिग्यालेन ६.५३ डलरसम्म पुगेको डिजेलको राष्ट्रिय औसत मूल्य सोमबार ६.३२ डलर थियो। ट्रम्पले कर छुटको व्यवस्थाले ढुवानी तथा खाद्यान्नलगायत वस्तुको लागतसमेत घटाउन सहयोग पुग्ने बताएका छन्। यद्यपि ऊर्जा विज्ञहरूले कर छुटले तत्काल केही राहत दिए पनि विश्वव्यापी रिफाइनरी अभावका कारण बढेको डिजेल मूल्यको मूल समस्या समाधान नगर्ने बताएका छन्।

(0)टिप्पणीहरू

 

कुकीहरू बारे जानकारी

Newshunt ले तपाईंलाई साइन इन राख्न र तपाईंको भाषा र देश सम्झन आवश्यक कुकीहरू प्रयोग गर्दछ, ताकि साइट तपाईंले अपेक्षा गरेअनुसार काम गरोस्। तपाईंको अनुमतिमा, हामी Newshunt लाई मानिसहरूले कसरी प्रयोग गर्छन् भन्ने बुझ्न र समयसँगै सुधार्न एनालिटिक्स कुकीहरू पनि प्रयोग गर्न चाहन्छौं।

स्वीकार गर्नाले एनालिटिक्समा मात्र असर पार्छ। थप जान्नका लागि, हाम्रो हेर्नुहोस् गोपनीयता नीति or नियम र शर्तहरू.