यो वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे

यो वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
View on original source
श्रेणी: Health
साझा गर्नुहोस्
अभिलेख
मनपर्यो
विराटनगर । यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे निर्धारण गरिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको बडादशैँको शुभसाइतअनुसार विजया दशमी तथा देवी विसर्जन कात्तिक ४ गते बुधबार परेको छ। समितिका अनुसार सोही दिन बिहान १०ः२६ बजे टीकाको साइत निर्धारण गरिएको हो। यस वर्षको नवरात्रारम्भ तथा घटस्थापना असोज २५ गते आइतबार बिहान ११ः४७ बजे हुनेछ। फूलपाती असोज ३१ गते शनिबार बिहान ७ः३७ बजे, महाष्टमी कात्तिक १ गते आइतबार बिहान १०ः३९ बजे र महानवमी कात्तिक ३ गते मंगलबार परेको समितिले जनाएको छ। विजया दशमीका दिन टीका लगाउँदा पश्चिम मोहडा गरेर टीका लगाइमाग्नेले पश्चिमतर्फ फर्किनुपर्ने समितिले जनाएको छ।

(0)टिप्पणीहरू

 

कुकीहरू बारे जानकारी

Newshunt ले तपाईंलाई साइन इन राख्न र तपाईंको भाषा र देश सम्झन आवश्यक कुकीहरू प्रयोग गर्दछ, ताकि साइट तपाईंले अपेक्षा गरेअनुसार काम गरोस्। तपाईंको अनुमतिमा, हामी Newshunt लाई मानिसहरूले कसरी प्रयोग गर्छन् भन्ने बुझ्न र समयसँगै सुधार्न एनालिटिक्स कुकीहरू पनि प्रयोग गर्न चाहन्छौं।

स्वीकार गर्नाले एनालिटिक्समा मात्र असर पार्छ। थप जान्नका लागि, हाम्रो हेर्नुहोस् गोपनीयता नीति or नियम र शर्तहरू.