भोटेकोशी बाढी पीडितका लागि गैरसरकारी संस्था र पालिकासँग मिलेर ट्रान्जिसनल सेल्टर निर्माण गरिने

भोटेकोशी बाढी पीडितका लागि गैरसरकारी संस्था र पालिकासँग मिलेर ट्रान्जिसनल सेल्टर निर्माण गरिने
View on original source
श्रेणी: Blend
साझा गर्नुहोस्
अभिलेख
मनपर्यो
सरकारले गएको भदौको १० मा आएको रसुवा–भोटेकोशी बाढीबाट पीडित परिवारलाई गैरसरकारी संघसंस्था तथा पालिकासँग मिलेर अस्थायी आवास (ट्रान्जिसनल सेल्टर) निर्माण गर्ने भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाे सिंहदरबारमा बसेको बैठकले पुनर्निर्माणमा सहयोग गर्न चाहने विकास साझेदार संघसंस्थालाई आफूले कुन पालिकामा कति संख्यामा घर बनाइदिने हो, त्यसको जानकारी प्राधिकरणलाई गराउन आह्वान गरेको छ । साथै प्राधिकरणले सम्बन्धित पालिकासँग लाभग्राहीको विवरण पनि माग गरेको छ । बैठकको निर्णय अनुसार सहयोगी संस्थाले सरकारले उपलब्ध गराएको जग्गामा तोकिएको मापदण्डमा रही त्यस्ता आवास निर्माण गर्नुपर्नेछ । प्राधिकरणका प्रवक्ता शान्ति महतकाअनुसार 'ट्रान्जिसनल सेल्टर' निर्माणका लागि गैरसरकारी संस्थाहरुसँग प्रस्ताव माग्ने निर्णय भएको छ । भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण ७ हजार ५७० भन्दा धेरै घर क्षतिग्रस्त भएका प्रारम्भिक विवरण छ । घरबारविहीन कतिपय अहिले होल्डिङ सेन्टरमा बस्दै आएका छन् । अब पालिकाले लाभग्राहीको तथ्यांक दिएपछि आवश्यक अस्थायी र स्थायी घर पुनर्निर्माण कार्य अघि बढ्ने प्रवक्ता महतले बताउनुभएको छ ।

(0)टिप्पणीहरू

 

कुकीहरू बारे जानकारी

Newshunt ले तपाईंलाई साइन इन राख्न र तपाईंको भाषा र देश सम्झन आवश्यक कुकीहरू प्रयोग गर्दछ, ताकि साइट तपाईंले अपेक्षा गरेअनुसार काम गरोस्। तपाईंको अनुमतिमा, हामी Newshunt लाई मानिसहरूले कसरी प्रयोग गर्छन् भन्ने बुझ्न र समयसँगै सुधार्न एनालिटिक्स कुकीहरू पनि प्रयोग गर्न चाहन्छौं।

स्वीकार गर्नाले एनालिटिक्समा मात्र असर पार्छ। थप जान्नका लागि, हाम्रो हेर्नुहोस् गोपनीयता नीति or नियम र शर्तहरू.