अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ‘टाइम' म्यागजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ‘टाइम' म्यागजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा
View on original source
श्रेणी: Politics
साझा गर्नुहोस्
अभिलेख
मनपर्यो
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रतिष्ठित म्यागजिन 'टाइम'ले सार्वजनिक गरेको सन् २०२६ को 'जलवायु मुद्दाका विश्वका १०० प्रभावशाली व्यक्तित्व'को सूचीमा पर्न सफल भएका छन्। उक्त म्यागजिनले जलवायु परिवर्तन, यसका असर न्यूनीकरण र दिगो विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वभरका हस्तीहरूलाई समेटेर यो सूची तयार पारेको हो। विगत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा अध्येता, नीति निर्माता हुँदै हाल निर्वाचित राजनीतिज्ञ (अर्थमन्त्री) का रूपमा निरन्तर सक्रिय डा. वाग्लेलाई विशेष गरी रसुवा-भोटेकोशीमा आएको विनाशकारी बाढीपश्चात् निर्वाह गरेको प्रभावकारी भूमिकाका कारण यस सूचीमा समावेश गरिएको टाइमले उल्लेख गरेको छ । टाइम म्यागजिनले अर्थमन्त्री वाग्लेलाई छनोट गर्नुका मुख्य तीन कारणहरू औंल्याएको छ: १. जलवायु न्यायको पैरवी: भोटेकोशी बाढीपश्चात् नेपालजस्ता अतिसंवेदनशील देशले पाउनुपर्ने जलवायु न्यायका लागि विश्व मञ्चहरूमा उनले गरेको सशक्त वकालत। २. जलवायु वित्तको व्यवस्थापन: जलवायु संकटसँग जुध्न आवश्यक पर्ने जलवायु वित्तका लागि उनले गरेका अन्तर्राष्ट्रिय पहल र प्रभावकारी स्रोत व्यवस्थापन। ३. प्रणालीगत सुधारमा जोड: जलवायु परिवर्तनको सामना गर्न वर्तमान अन्तर्राष्ट्रिय प्रणालीमा गर्नुपर्ने सुधारबारे उनले राखेका स्पष्ट र उल्लेखनीय विचार। यसैबिच अर्थमन्त्री वाग्ले समावेश यस प्रतिष्ठित सूचीमा विश्वका अन्य शीर्ष नेता तथा व्यक्तित्वहरू पनि अटाएका छन्। जसमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, बेलायती राजकुमार विलियम र युरोपेली कमिसनकी अध्यक्ष उर्सुला भोन डेर लेयेन लगायतका विश्वचर्चित हस्तीहरू रहेका छन्।

(0)टिप्पणीहरू

 

कुकीहरू बारे जानकारी

Newshunt ले तपाईंलाई साइन इन राख्न र तपाईंको भाषा र देश सम्झन आवश्यक कुकीहरू प्रयोग गर्दछ, ताकि साइट तपाईंले अपेक्षा गरेअनुसार काम गरोस्। तपाईंको अनुमतिमा, हामी Newshunt लाई मानिसहरूले कसरी प्रयोग गर्छन् भन्ने बुझ्न र समयसँगै सुधार्न एनालिटिक्स कुकीहरू पनि प्रयोग गर्न चाहन्छौं।

स्वीकार गर्नाले एनालिटिक्समा मात्र असर पार्छ। थप जान्नका लागि, हाम्रो हेर्नुहोस् गोपनीयता नीति or नियम र शर्तहरू.