श्रमिकको मृत्युको अनुसन्धान सुरु

श्रमिकको मृत्युको अनुसन्धान सुरु
View on original source
श्रेणी: Politics
साझा गर्नुहोस्
अभिलेख
मनपर्यो
महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत श्रमिकको मृत्युका सम्बन्धमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । सो कम्पनीमा कार्यरत रौतहट चन्द्रपुरका ६० वर्षीय सुरता माझीको आइतबार दिउँसो काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएको हो । 'माझीको अचानक मृत्युको खबर पाउनासाथ घटनास्थलको अवलोकन गरेका छौँ', इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक ताराबहादुर तामाङले भने, 'अब अस्पतालमा पुर्‍याएर शव परीक्षण (पोष्टमार्टम) गरिएपछि माझीको मृत्युबारे केही तथ्य आउन सक्ला ।' माझी वर्कसपमा काम गर्दागर्दै अचानक ढलेका थिए । लगत्तै उनको मृत्यु भएको कम्पनी सञ्चालक विजय लो तामाङको भनाइ छ । प्रहरीले शव परीक्षण रिपोर्ट प्राप्त भएपछि थप अनुसन्धान अघि बढ्ने जनाएको छ ।

(0)टिप्पणीहरू

 

कुकीहरू बारे जानकारी

Newshunt ले तपाईंलाई साइन इन राख्न र तपाईंको भाषा र देश सम्झन आवश्यक कुकीहरू प्रयोग गर्दछ, ताकि साइट तपाईंले अपेक्षा गरेअनुसार काम गरोस्। तपाईंको अनुमतिमा, हामी Newshunt लाई मानिसहरूले कसरी प्रयोग गर्छन् भन्ने बुझ्न र समयसँगै सुधार्न एनालिटिक्स कुकीहरू पनि प्रयोग गर्न चाहन्छौं।

स्वीकार गर्नाले एनालिटिक्समा मात्र असर पार्छ। थप जान्नका लागि, हाम्रो हेर्नुहोस् गोपनीयता नीति or नियम र शर्तहरू.