पोखरा । पोखरा लेकसाइडमा खाना, खेल, संगीत र समुदाय जोड्ने नयाँ थलोको सुरुवात भएको छ । लेकसाइडको स्ट्रिट नम्बर १७ मा 'मिरक्याट पार्क' सञ्चालनमा आएको हो । पोखराबाट सुरु भएको मिरक्याट इन नेपाल केन्द्रका रूपमा विकास गरिएको मिरक्याट इन नेपालका सञ्चालक सागर भट्टराईले आइतबार पत्रकार सम्मेलनमा जानकारी दिए । मिरक्याट पार्कमा खाना, कफी, वेलनेस, खेलकुद, संगीत, गेमिङ, सिर्जनशील गतिविधि तथा विभिन्न कार्यक्रमका लागि स्थान उपलब्ध छ । करिब ४ करोडको लगानीमा विभिन्न संरचनाहरु निमार्ण भएका छन् । मानिससँग भेट्ने, नयाँ ठाउँ र अनुभव साटासाट गर्ने थलोको रुपमा विकास गर्ने मिरक्याट इन नेपालको सोच रहेको जनाइएको छ । पहिले एप्सका रुपमा काम गर्दै आए पनि अहिले भौतिक रूपमा कार्यान्वयन गर्न मिरक्याट पार्क विकास गरिएको भट्टराईले बताए । मिरक्याट पार्कमा विभिन्न व्यवसाय तथा उद्यमीले व्यवसाय, आफ्ना उत्पादन र अनुभव प्रस्तुत गर्ने ठाउँको रुपमा विकास भएको छ । पोखरा रोस्ट्री कफीले कफी तथा स्थानीय संस्कृतिको अनुभवसँगै कफीसम्बन्धी कक्षा सञ्चालन गर्नेछ । लावण्य वेलनेसले वेलनेससम्बन्धी सेवा उपलब्ध गराएको छ भने पोराले रोटिसेरी चिकेन तथा स्म्यास्ड बर्गरको स्वाद दिनेछ । यस्तै, उमामी मार्टमार्फत कोरियन स्न्याक्स तथा उत्पादन उपलब्ध हुनेछन् । नेशनल ज्योग्राफिक एक्सप्लोरर रोहित गिरीको भेटघाट केन्द्रले प्रकृति, वन्यजन्तु तथा अनुसन्धानमा रुचि राख्नेहरूका लागि भेटघाट र छलफलको वातावरण बनाउने छ । संगीत र सिर्जनशील गतिविधिका लागि बैदाम जाम, खेलकुद तथा सामाजिक अन्तरक्रियाका लागि डिंकहाउस पिकलबल र गेमिङका लागि मिनी आर्केड हब समेत मिरक्याट पार्कमा रहेका छन् । पार्कमा योग, वर्कसप, पोड्कास्ट, ग्यादरिङ तथा विभिन्न सामुदायिक कार्यक्रम सञ्चालन गर्न बहुउद्देश्यीय हलसमेत छ ।
मिरक्याट पार्कसँगै सञ्चालन भइरहेको मिरक्याट डिजिटल प्लेटफर्मले नेपाल आउने विदेशी यात्रु, ब्याकप्याकर, डिजिटल नोमाड, स्थानीय, गाइड, होस्ट, उद्यमी, क्रियटर तथा पर्यटन व्यवसायलाई जोड्ने लक्ष्य राखेको छ । डिजिटल प्लेटफर्ममा ट्रेक तथा एडभेन्चर, इभेन्ट, स्वयंसेवा, गाइड तथा होस्ट कनेक्सन, कम्युनिटी बुलेटिन तथा स्थानीय सूचना र सिफारिसलगायत सुविधा न् । यहाँ विभिन्न ६ भवनमा विभिन्न पसल संचालित छन् भने विभिन्न कार्यक्रम गर्न करिब ५० जना अट्ने हल पनि छ ।
(0)टिप्पणीहरू