अन्तिममा चार गोल गर्दा फ्रान्स विजयीे

अन्तिममा चार गोल गर्दा फ्रान्स विजयीे
View on original source
श्रेणी: Sports
साझा गर्नुहोस्
अभिलेख
मनपर्यो
काठमाडौं, (नेस) । फ्रान्सले युईएफए नेसन्स लिगअन्तर्गत् बेल्जियमविरुद्धको खेलमा अन्तिममा चार गोल गर्दै सानदार जित हासिल गरेको छ । सोमबार राति स्टेड डी फ्रान्समा भएको उक्त खेलमा फ्रान्सले अन्तिम १३ मिनेटमा चार गोल गर्दै बेल्जियमलाई ४–१ ले हराएको पराजित गरेको थियो । समूह ए १ को खेलमा बेल्जियमका लागि डोडी लुकबाकियोले गोल गरेर घरेलु टोली र दर्शकलाई स्तब्ध तुल्याएका थिए । उनले ३५ औं मिनेटमा गोल गरेका थिए । यही एक गोलको अग्रतामा बेल्जियम जिततिर अग्रसर पनि भएको थियो । तर, ७७ औं मिनेटमा डेजुरे डुएले गोल गर्दै फ्रान्सलाई १–१ बराबरीमा पु¥याएपछि भने खेलमा फ्रान्सले दबाब तिब्र बनाएको थियो । यसै दबाबमा बेल्जियमको रक्षापंक्ति छताछुल्ल हुँदैं गएपछि फ्रान्स थप तीन गोल गर्न सफल भएको थियो । रायन चेर्कीले ८१ औं मिनेटमा माइकल ओलिसेको पासमा गोल गर्दा फ्रान्सले खेलमा २–१ को अग्रता लिएको थियो । यसपछि ओलिसेले ८८ औं र स्टपेज टाइमको पहिलो मिनेटमा गोल गरेर फ्रान्सको जित सुनिश्चित गरेका थिए । यो दुबै गोलका लागि डुएले असिस्ट दिएका थिए । जिनेदिन जिदानको नेतृत्वमा फ्रान्सको यो घरेलु मैदानमा पहिलो जित हो । घरेलु मैदानमा भएको यसअघिको खेलमा फ्रान्स इटालीसँग १–१ बराबरीमा रोकिएको थियो । यो नतिजापछि समूह ए १ मा फ्रान्स १० अंकसहित शीर्ष स्थानमा रहेको छ । इटाली ७ अंकसहित दोस्रो र बेल्जियम ६ अंकसहित तेस्रो स्थानमा छन् ।

(0)टिप्पणीहरू

 

कुकीहरू बारे जानकारी

Newshunt ले तपाईंलाई साइन इन राख्न र तपाईंको भाषा र देश सम्झन आवश्यक कुकीहरू प्रयोग गर्दछ, ताकि साइट तपाईंले अपेक्षा गरेअनुसार काम गरोस्। तपाईंको अनुमतिमा, हामी Newshunt लाई मानिसहरूले कसरी प्रयोग गर्छन् भन्ने बुझ्न र समयसँगै सुधार्न एनालिटिक्स कुकीहरू पनि प्रयोग गर्न चाहन्छौं।

स्वीकार गर्नाले एनालिटिक्समा मात्र असर पार्छ। थप जान्नका लागि, हाम्रो हेर्नुहोस् गोपनीयता नीति or नियम र शर्तहरू.