काठमाडौंसँग चितवन १० रनले पराजित

काठमाडौंसँग चितवन १० रनले पराजित
View on original source
श्रेणी: Sports
साझा गर्नुहोस्
अभिलेख
मनपर्यो
नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १० रनले पराजित गरेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा काठमाडौंले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्रै बनाउन सक्यो । चितवनका लागि रवि बोपाराले सर्वाधिक ५५ रन बनाए । उनले ३५ बलमा २ चौका र ३ छक्का प्रहार गरे । कामिल मिश्राले २८, डान माउज्लीले २९ र अर्जुन साउदले २३ रन जोडे । काठमाडौंका लागि सहान आराचिगेले २ तथा सन्तोष यादव, गणेश गौतम, जहान्दाद खान र करण केसीले १–१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनाएको थियो । उसका लागि राशिद खानले ५२ र सहान आराचिगेले ३३ रन बनाएका थिए ।

(0)टिप्पणीहरू

 

कुकीहरू बारे जानकारी

Newshunt ले तपाईंलाई साइन इन राख्न र तपाईंको भाषा र देश सम्झन आवश्यक कुकीहरू प्रयोग गर्दछ, ताकि साइट तपाईंले अपेक्षा गरेअनुसार काम गरोस्। तपाईंको अनुमतिमा, हामी Newshunt लाई मानिसहरूले कसरी प्रयोग गर्छन् भन्ने बुझ्न र समयसँगै सुधार्न एनालिटिक्स कुकीहरू पनि प्रयोग गर्न चाहन्छौं।

स्वीकार गर्नाले एनालिटिक्समा मात्र असर पार्छ। थप जान्नका लागि, हाम्रो हेर्नुहोस् गोपनीयता नीति or नियम र शर्तहरू.