मध्यावधि चुनावमा धक्का लागेपछि ट्रम्पद्वारा अध्यागमन नीति ‘अति कडा' भएको स्वीकार

मध्यावधि चुनावमा धक्का लागेपछि ट्रम्पद्वारा अध्यागमन नीति ‘अति कडा' भएको स्वीकार
View on original source
श्रेणी: Politics
साझा गर्नुहोस्
अभिलेख
मनपर्यो
अन्तर्राष्ट्रिय फोटो: एपी/रासस एक टिभी कार्यक्रमसँगको अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा १० वर्ष वा सोभन्दा बढी समयदेखि बसोबास गर्दै आएका मानिसहरूलाई देशनिकाला गर्ने सन्दर्भमा आफ्नो प्रशासनको कडा नीति 'अति नै कडा' भएको हुन सक्ने बताएका छन्। मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले अप्रत्यासित हार व्यहोरेको तीन दिनपछि राष्ट्रपति ट्रम्पले उक्त अन्तर्वार्ता दिएका हुन। दुई वर्षअघि रिपब्लिकन पार्टीतर्फ आकर्षित भएका दक्षिण टेक्सास तथा अन्य ल्याटिनो बाहुल्य क्षेत्रहरूमा यस पटक पार्टीको जनसमर्थन ह्वात्तै घटेको छ। धेरै मतदाताहरूले यस गिरावटलाई ट्रम्प प्रशासनको कडा अध्यागमन नीतिको परिणाम मानेका छन्। राष्ट्रपति ट्रम्पका अनुसार उनको अध्यागमन सम्बन्धी कडा कदमले चुनावमा 'फाइदा र घाटा दुवै' पुऱ्याएको छ। सीमा क्षेत्र पूर्ण रूपमा बन्द गरेकोमा आफूले 'ए प्लस' अङ्क पाएको र 'खराब मानिसहरूलाई देशबाट निकाल्न सफल भएको' विषयमा उच्च प्रशंसा पाएको उनको विश्वास छ। तर हामीले त्यस्ता मानिसहरूलाई पनि हटायौँ, जसले राम्रो काम गरिरहेका थिए र जसको एउटै मात्र कानुन उल्लङ्घन भनेको अमेरिकामा गैरकानुनी रूपमा प्रवेश गर्नु मात्र थियो,' राष्ट्रपतिले अगाडि भने, 'अहिले देशको एउटा ठूलो हिस्सा उनीहरूलाई देशबाट निकालिनुपर्छ भन्ने मान्यता राख्छ भने अर्को ठूलो हिस्सा चाहिँ यदि उनीहरू ल्यान्डस्केपिङ, होटेल वा अन्य कुनै क्षेत्रमा काम गर्ने असल मानिस हुन् र कर तिरिरहेका छन् भने उनीहरूलाई बस्न दिइनुपर्छ भन्ने सोच्छ।' उनले थपे, 'मलाई लाग्छ यो नीति अलि बढी नै कडा भयो।' 'धेरै मानिसहरूले यसलाई उत्कृष्ट भन्नेछन्, तर धेरैले यो अति नै कडा भयो भन्ने ठानेका छन्,' ट्रम्पले भने। उनले आगामी वर्षदेखि प्रतिनिधिसभा र सेनेट दुवैमा बहुमत हासिल गर्ने डेमोक्र्याटहरूसँग मिलेर इमिग्रेशनको मुद्दामा काम गर्न चाहेको पनि उल्लेख गरे। यद्यपि, ट्रम्प प्रशासनले आफ्नो इमिग्रेशन कार्यान्वयन रणनीतिमा परिमार्जन गर्छ वा गर्दैन भन्ने अझै स्पष्ट छैन। शुक्रबार मात्रै ट्रम्पले ह्वाइट हाउस चीफ अफ स्टाफ सुजी वाइल्सको ठाउँमा स्टेफन मिलरलाई नियुक्त गरेका छन्, जो ट्रम्पको अध्यागमन नीतिका मुख्य योजनाकार एवं कडा नीतिका पक्षधर मानिन्छन्। खसोखास साप्ताहिकको ग्राहक बन्नुहोस् सन् २०१२ देखि न्युयोर्कबाट प्रकाशित पहिलो नेपाली साप्ताहिक — छापा अंक घरमै पाउनुहोस्। सब्स्क्राइब गर्नुहोस् → पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा अमेरिका-मेक्सिको सीमाबाट गैरकानुनी प्रवेश बढेको भन्दै आक्रोशित मतदाताहरूकै बलमा सन् २०२४ को चुनावमा ट्रम्प विजयी भएका थिए। ट्रम्प ह्वाइट हाउस फर्किएसँगै गैरकानुनी सीमापार प्रवेशमा भारी गिरावट आएको छ। यद्यपि, संघीय अधिकारीहरूले अमेरिकाभित्रै रहेका गैरकानुनी बासिन्दाहरूलाई पक्राउ गर्ने र डिपोर्ट गर्ने क्रम तीव्र पारेका छन्, जसका कारण आइसको हिरासतमा रहनेहरूको संख्याले नयाँ रेकर्ड कायम गरेको छ। मिलरले गत वर्ष उक्त निकायलाई दैनिक ३,००० जनासम्म पक्राउ गर्ने लक्ष्य राख्न दबाब दिएका थिए। पक्राउ परेकामध्ये धेरैजसोको अध्यागमन उल्लङ्घन बाहेक अन्य कुनै आपराधिक पृष्ठभूमि छैन। प्रशासनले भने 'सबैभन्दा खराब मानिसहरू' आफ्नो पहिलो प्राथमिकता भए पनि अमेरिकामा गैरकानुनी रूपमा बसोबास गर्ने जो कोहीलाई पक्राउ र डिपोर्ट गर्न सकिने चेतावनी दिँदै आएको छ। ट्रम्प प्रशासनका धेरै रणनीतिहरू विवादित बनेका छन्, जसमा मिनियापोलिस लगायतका सहरहरूमा गरिएका कडा कारबाही, सवारी साधन जाँच, हिरासतमा राख्ने तरिका र केही आप्रवासीहरूलाई उनीहरूको गृहदेश बाहेक अन्य स्थानमा डिपोर्ट गर्ने अभ्यास समावेश छन्। रिपब्लिकन पार्टीभित्रैबाट पनि यसको विरोध सुरु भएको छ। दक्षिण फ्लोरिडाकी कंग्रेसवुमन मारिया एल्विरा सालाजारले सेप्टेम्बरमै चेतावनी दिँदै सन् २०२४ मा ट्रम्पलाई भोट हाल्ने धेरै हिस्पानिक मतदाताहरूले अहिले 'धोका पाएको महसूस गरिरहेको' बताएकी थिइन्। भर्खरै सम्पन्न एक्जिट पोल अनुसार ५८ प्रतिशत मतदाताले अध्यागमन सम्बन्धी ट्रम्प प्रशासनको कदम 'अति नै अगाडि बढेको' मानेका छन्। तैपनि, अध्यागमन व्यवस्थापनमा कुन पार्टी राम्रो भन्ने प्रश्नमा मतदाताहरूले डेमोक्र्याट (४१%) को तुलनामा रिपब्लिकन पार्टी (४३%) लाई अझै पनि थोरै बढी विश्वास गरेको देखिएको छ। प्रशासनले भने आफ्नो कदमको बचाउ गर्दै आफूहरूले सार्वजनिक सुरक्षाका लागि खतरा बनेका मानिसहरूलाई मात्र लक्षित गरिरहेको दाबी गरेको छ।

(0)टिप्पणीहरू

 

कुकीहरू बारे जानकारी

Newshunt ले तपाईंलाई साइन इन राख्न र तपाईंको भाषा र देश सम्झन आवश्यक कुकीहरू प्रयोग गर्दछ, ताकि साइट तपाईंले अपेक्षा गरेअनुसार काम गरोस्। तपाईंको अनुमतिमा, हामी Newshunt लाई मानिसहरूले कसरी प्रयोग गर्छन् भन्ने बुझ्न र समयसँगै सुधार्न एनालिटिक्स कुकीहरू पनि प्रयोग गर्न चाहन्छौं।

स्वीकार गर्नाले एनालिटिक्समा मात्र असर पार्छ। थप जान्नका लागि, हाम्रो हेर्नुहोस् गोपनीयता नीति or नियम र शर्तहरू.