निप्पोन फर्मास्युटिकल लिमिटेडले प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने

निप्पोन फर्मास्युटिकल लिमिटेडले प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने
View on original source
श्रेणी: Business
साझा गर्नुहोस्
अभिलेख
मनपर्यो
काठमाडौं : जिल्लाको बिराटनगर–१२ बखरीमा अवस्थित निप्पोन फर्मास्युटिकल लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ। कम्पनीले उक्त शेयर निष्काशन कार्यका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ। निप्पोन फर्मास्युटिकल लिमिटेड एक WHO-GMP र अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डहरु अनुरुप विभिन्न प्रकारका औषधीहरु जस्तै ट्यावलेट, क्याप्सुल, तरल औषधी, मलम, क्रीम जेल, ओआरएस (ORS), ड्राइ सिरप र पेनिसिलिन लगायतका उत्पादन गर्ने प्रमाणित फर्मास्युटिकल कम्पनी हो जसको विधिवध दर्ता २००६ मा भई उद्योग स्थापना २०१७ मा भएको थियो । यस कम्पनीले उच्च गुणस्तरको औषधी तथा अषौधिजन्य उत्पादनहरुको विबिध उत्पादन पोर्टफोलियोको विकास र निर्माण गरेर नेपाली फर्माबजारलाई सम्बोधन गरिरहेको छ। स्थापना भएको ५ वर्ष पछि अर्थात् २०२२ देखि आफ्नो व्यावसायिक उत्पादन र मार्केटिङ्ग सुरु गरेको निप्पोन फर्मास्युटिकलले स्थापनाको ४ वर्षमा विभिन्न थेराप्युटिक सेगमेन्टका ६० भन्दा बढी उत्पादनहरुको बजारीकरण गर्न सक्षम भएको छ ।

(0)टिप्पणीहरू

 

कुकीहरू बारे जानकारी

Newshunt ले तपाईंलाई साइन इन राख्न र तपाईंको भाषा र देश सम्झन आवश्यक कुकीहरू प्रयोग गर्दछ, ताकि साइट तपाईंले अपेक्षा गरेअनुसार काम गरोस्। तपाईंको अनुमतिमा, हामी Newshunt लाई मानिसहरूले कसरी प्रयोग गर्छन् भन्ने बुझ्न र समयसँगै सुधार्न एनालिटिक्स कुकीहरू पनि प्रयोग गर्न चाहन्छौं।

स्वीकार गर्नाले एनालिटिक्समा मात्र असर पार्छ। थप जान्नका लागि, हाम्रो हेर्नुहोस् गोपनीयता नीति or नियम र शर्तहरू.