काठमाण्डू शीर्ष स्थानमा उक्लियो, चितवन १० रनले पराजित

काठमाण्डू शीर्ष स्थानमा उक्लियो, चितवन १० रनले पराजित
View on original source
श्रेणी: Sports
साझा गर्नुहोस्
अभिलेख
मनपर्यो
काठमाडौं । चितवन राइनोजविरुद्ध १० रनको रोमाञ्जक जित निकाल्दै काठमाण्डू गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा शीर्ष स्थानमा उक्लिएको छ । यो जितसँगै काठमाण्डूले प्रतियोगितामा आठ अंक जोडेको छ । टोलीले पाँच खेलमा चार जित र एक हारसहित यो नतिजा आत्मसाथ गरेको हो । शीर्ष स्थानमा उक्लिएसँगै टोलीको प्लेअफ सम्भावना पनि बलियो बनेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा काठमाण्डूले प्रस्तुत गरेको १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो । चितवनलाई सस्तैमा रोक्न सेहन अरचिगेले दुई विकेट लिए । जाहानडाड खान, कप्तन करण केसी, सन्तोष यादव र गणेश गौतमले समान एक विकेट लिए । चितवनका निम्ति रबि बोपाराले ५५ रनको अर्धशतकीय पारी खेले । उनले ३५ बलमा दुई चौका र तीन छक्का प्रहार गरे । जारी सिजनमा उनको यो पहिलो अर्धशतक हो भने एनपीएलको इतिहासमा यो सातौँ अर्धशतक हो । पहिलो र दोस्रो सिजन पोखराबाटै खेल्दा उनले समान तीन अर्धशतक प्रहार गरेका थिए । डान मुस्लेले २९ रन बनाए । ओपनर कमिल मिसराले २८ रन बनाउँदा ओपनर अर्जुन साउदले २३ र कुशल मल्ले १३ रन बनाए । त्यसअघि टस हारेर ब्याटिङमा आएको काठमाण्डूले चितवनविरुद्ध निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८० रनको योगफल खडा गरेको थियो । काठमाण्डूका लागि रशिद खानले ५२ रनको अर्धशतकीय इनिङ खेले । जारी सिजनमा उनको यो दोस्रो अर्धशतक हो । यसअघि उनले नोभेम्बर २ मा सम्पन्न कर्णालीविरुद्धको खेलमा सिजनको पहिलो अर्धशतक प्रहार गरेका थिए । तीनै सिजन काठमाण्डूबाटै खेलिरहेका उनले अर्धशतक प्रहार गर्नेक्रममा दुई चौका र चार छक्का प्रहार गरे । उनले चौथो विकेटको निम्ति सेहनसँग ५३ रनको अर्धशतकीय साझेदारी गरेका थिए । सेहनले ३३ रन बनाए । विलियम बोसिस्टो २७ र कप्तान करणले २० रन बनाए । चितवनका लागि रिजन ढकालले सर्वाधिक तीन विकेट लिए । रिजनले चार ओभर बलिङ गर्दा १४ रन खर्चिए । त्यसैगरी कमलसिंह ऐरी र शिकन्दर राजाले समान दुई विकेट लिए भने डानले एक विकेट लिए । हारसँगै चितवनको प्लेअफ सम्भावना प्रतिस्पर्धात्मक भएको छ । पाँच अंकका साथ तालिकाको चौथो स्थानमा रहेको चितवनले पाँच खेल खेल्दा समान दुई जित र हार व्यहोरेको छ । टोलीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । यो नतिजासँगै टोलीमाथि प्लेअफ प्रवेश गर्न बाँकी दुवै खेल जित्नुपर्ने दबाव बढेको छ ।

(0)टिप्पणीहरू

 

कुकीहरू बारे जानकारी

Newshunt ले तपाईंलाई साइन इन राख्न र तपाईंको भाषा र देश सम्झन आवश्यक कुकीहरू प्रयोग गर्दछ, ताकि साइट तपाईंले अपेक्षा गरेअनुसार काम गरोस्। तपाईंको अनुमतिमा, हामी Newshunt लाई मानिसहरूले कसरी प्रयोग गर्छन् भन्ने बुझ्न र समयसँगै सुधार्न एनालिटिक्स कुकीहरू पनि प्रयोग गर्न चाहन्छौं।

स्वीकार गर्नाले एनालिटिक्समा मात्र असर पार्छ। थप जान्नका लागि, हाम्रो हेर्नुहोस् गोपनीयता नीति or नियम र शर्तहरू.