खोज तथा उद्धार अभियानका लागि हाइटेरा र अवडेलले सुरक्षा निकायलाई दियो करोडौंको सञ्चार उपकरण

खोज तथा उद्धार अभियानका लागि हाइटेरा र अवडेलले सुरक्षा निकायलाई दियो करोडौंको सञ्चार उपकरण
View on original source
श्रेणी: SciTech
साझा गर्नुहोस्
अभिलेख
मनपर्यो
काठमाडौं : विश्वव्यापी सञ्चार प्रविधि कम्पनी हाइटेरा र नेपालस्थित साझेदार कम्पनी अडेलले खोज तथा उद्धार तथा विपद् प्रतिकार्यका लागि सुरक्षा निकायलाई सञ्चार उपकरण तथा प्रविधि सहयोग गरेका छन्। सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरीलाई विभिन्न सञ्चार उपकरण उपकरणहरू हस्तान्तरण गरिएको हो। कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाइटेराबाट प्राप्त सहयोगले प्रहरी संगठनलाई समय सापेक्ष प्रविधिमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । अपराध अनुसन्धान, दैनिक प्रहरी कार्य लगायतका कार्यहरूलाई थप चुस्त बनाउनुका साथै प्राप्त उपकरणहरूले विपद्‍को कठिन समयमा भौगोलिक विकटतायुक्त क्षेत्रमा छिटो छरितो सञ्चार सम्बन्ध स्थापित गरी उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे। उपकरण हस्तान्तरण कार्यक्रममा दक्षिण कोरियाको सोलस्थित हाइटेराका एसिया क्षेत्रीय प्रमुख निङमा तथा अडेलका अध्यक्ष सञ्जय प्रधान सहित कम्पनीका प्रतिनिधिहरू सहभागी थिए। हस्तान्तरण गरिएका उपकरणहरूले प्रहरीको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको उनले बताइन् । सुरक्षा निकायलाई बडी–वर्न क्यामेरा, पुस–टु–टक ओभर सेलुलर रेडियो,ई–प्याक पोर्टेबल रिपिटर लगायतका हार्डवेयर र सफ्टवेयर समावेश छन्। यी प्रणालीहरूको प्रयोगबाट विभिन्न सञ्चार माध्यमहरूलाई एकीकृत गरी केन्द्रीय कमाण्ड सेन्टर स्थापना गर्न सकिने बताइएको छ। उक्त उपकरणहरूले सामान्य सञ्चार पूर्वाधार अवरुद्ध वा अनुपलब्ध भएको अवस्थामा समेत सुरक्षा तथा उद्धारकर्मीलाई प्रभावकारी सञ्चार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। ई–प्याक पोर्टेबल रिपिटरले क्षतिग्रस्त वा सेवाविहीन क्षेत्रमा अस्थायी रेडियो नेटवर्क स्थापना वा विस्तार गर्न सहयोग पुर्‍याउनेछ। त्यस्तै,पुस–टु–टक ओभर सेलुलर रेडियोले सेलुलर नेटवर्कमार्फत फराकिलो क्षेत्रमा समूहगत सञ्चार तथा स्थानसम्बन्धी जानकारी आदानप्रदान गर्न सक्षम बनाउने कम्पनीले जनाएको छ। बडी–वर्न क्यामेराले फिल्डमा खटिएका सुरक्षाकर्मीहरूको अडियो तथा भिडियो रेकर्ड गर्न सक्नेछ भने आवश्यकता अनुसार ती जानकारी कमाण्ड सेन्टरमा प्रत्यक्ष पठाउन पनि सकिनेछ। विशेष गरी भूकम्प, बाढी, पहिरो, हिमाली उद्धार तथा अन्य विपद्का समयमा परम्परागत सञ्चार प्रणाली प्रभावित हुँदा यस्ता प्रविधि अत्यन्त उपयोगी हुने कम्पनीले जनाएको छ। कम्पनीले नेपाली सेनालाई समेत सञ्चार उपकरण सहयोग गर्ने कार्यक्रम रहेको बताइएको छ। स्रोतका अनुसार प्रदान गरिएको उपकरणको कुल मूल्य १० करोड रुपैयाँ रहेको छ। व्यावसायिक तथा अत्यावश्यक सञ्चार प्रणालीको विश्वव्यापी प्रदायक हाइटेराले सार्वजनिक सुरक्षा, सरकारी निकाय लगायत विभिन्न क्षेत्रमा ९० भन्दा बढी देशमा सेवा प्रदान गर्दै आएको छ। अडेल कम्पनी परियोजना विकास, पूर्वाधार, ऊर्जा, दूरसञ्चार, साइबर सुरक्षा तथा कृत्रिम बुद्धिमत्ता लगायतका विविध क्षेत्रमा सक्रिय छ।

(0)टिप्पणीहरू

 

कुकीहरू बारे जानकारी

Newshunt ले तपाईंलाई साइन इन राख्न र तपाईंको भाषा र देश सम्झन आवश्यक कुकीहरू प्रयोग गर्दछ, ताकि साइट तपाईंले अपेक्षा गरेअनुसार काम गरोस्। तपाईंको अनुमतिमा, हामी Newshunt लाई मानिसहरूले कसरी प्रयोग गर्छन् भन्ने बुझ्न र समयसँगै सुधार्न एनालिटिक्स कुकीहरू पनि प्रयोग गर्न चाहन्छौं।

स्वीकार गर्नाले एनालिटिक्समा मात्र असर पार्छ। थप जान्नका लागि, हाम्रो हेर्नुहोस् गोपनीयता नीति or नियम र शर्तहरू.