‘गोल्डेन सहकारी गोल्डेन नै हो'

‘गोल्डेन सहकारी गोल्डेन नै हो'
View on original source
श्रेणी: Business
साझा गर्नुहोस्
अभिलेख
मनपर्यो
पोखरा । गोल्डेन बचत तथा ऋण सहकारी संस्था, पोखरा–८ को १७ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो । साधारणसभा उद्घाटन गर्दै कास्की क्षेत्र ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद बिनाकुमारी गुरुङले गोल्डेन सहकारीले आफ्नो छवि बचाउन सफल भएको बताइन् । सांसद गुरुङले सरकारले समस्याग्रस्त सहकारीका सदस्यहरुलाई बचत रकम फिर्ता गर्ने कार्य अगाडि बढाइसकेको हालसम्म १० करोडभन्दा बढी फिर्ता भइसकेको पनि जानकारी दिइन् । उनी गोल्डेन सहकारीकी पूर्व उपाध्यक्ष पनि हुन् । संस्थाका संस्थापक अध्यक्ष गुणाखर सापकोटाले देशमा आर्थिक संकट रहेको र सहकारी सञ्चालनमा सचेत भइरहनुपर्ने बताए । आर्थिक परिस्थितिकै कारण ऋणीहरुलाई असल ऋणी बन्न चाहेर पनि बन्न नसकेको उल्लेख गरे । सभाले रिक्त उपाध्यक्ष पदमा कमला भुजेल र सदस्यमा नारायणप्रसाद अधिकारीलाई चयन गरेको निर्वाचन समिति सदस्य महेन्द्रप्रसाद रिमालले जानकारी दिए । संस्थाका अध्यक्ष कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कोषाध्यक्ष कृष्णप्रसाद सुवेदीले स्वागत र सचिव ऋषिराम पौडेलले सञ्चालन गरे । लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन समितिका सदस्य गीतामणि पाण्डेले प्रस्तुत गरे । कुल १ हजार २६२ शेयर सदस्य रहेको गोल्डेन सहकारीको शेयर पुँजी ६ करोड ८८ लाख २२ हजार रुपैयाँ रहेको छ । यसैगरी, बचत संकलन २५ करोड ५२ लाख, कर्जा लगानी २४ करोड १५ लाख र कुल सम्पत्ति ४६ करोड रुपैयाँ रहेको जनाइएको छ । सहकारीका व्यवस्थापक दीपक पन्तका अनुसार जगेडा कोष ४ करोड, जोखिम कोष ६ करोड २५ लाख र घाटापूर्ति २८ लाख रुपैयाँ छ ।

(0)टिप्पणीहरू

 

कुकीहरू बारे जानकारी

Newshunt ले तपाईंलाई साइन इन राख्न र तपाईंको भाषा र देश सम्झन आवश्यक कुकीहरू प्रयोग गर्दछ, ताकि साइट तपाईंले अपेक्षा गरेअनुसार काम गरोस्। तपाईंको अनुमतिमा, हामी Newshunt लाई मानिसहरूले कसरी प्रयोग गर्छन् भन्ने बुझ्न र समयसँगै सुधार्न एनालिटिक्स कुकीहरू पनि प्रयोग गर्न चाहन्छौं।

स्वीकार गर्नाले एनालिटिक्समा मात्र असर पार्छ। थप जान्नका लागि, हाम्रो हेर्नुहोस् गोपनीयता नीति or नियम र शर्तहरू.