गुल्मीमा रातिमा अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक

गुल्मीमा रातिमा अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक
View on original source
श्रेणी: Tourism
साझा गर्नुहोस्
अभिलेख
मनपर्यो
गुल्मीमा भारी वर्षाको सम्भावनाका कारण असोज ९ देखि १२ गतेसम्म राति ७ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बाढी, पहिरो र मानवीय क्षतिको जोखिमका कारण प्रशासनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन जिल्लावासीलाई अनुरोध गरेको छ। गुल्मी । मौसममा आएको परिवर्तनसँगै वर्षा भइरहेको र आगामी केही दिनसम्म मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित भारी वर्षा हुने सम्भावना रहेकाले गुल्मीमा रातिको समयमा अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज असोज ९ गतेदेखि असोज १२ गतेसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक कामबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । भारी वर्षाका कारण बाढी तथा पहिरोले सडकखण्ड अवरुद्ध हुन सक्ने र मानवीय क्षति हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । साथै, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन प्रशासनले जिल्लावासीलाई अनुरोध गरेको छ ।

(0)टिप्पणीहरू

 

कुकीहरू बारे जानकारी

Newshunt ले तपाईंलाई साइन इन राख्न र तपाईंको भाषा र देश सम्झन आवश्यक कुकीहरू प्रयोग गर्दछ, ताकि साइट तपाईंले अपेक्षा गरेअनुसार काम गरोस्। तपाईंको अनुमतिमा, हामी Newshunt लाई मानिसहरूले कसरी प्रयोग गर्छन् भन्ने बुझ्न र समयसँगै सुधार्न एनालिटिक्स कुकीहरू पनि प्रयोग गर्न चाहन्छौं।

स्वीकार गर्नाले एनालिटिक्समा मात्र असर पार्छ। थप जान्नका लागि, हाम्रो हेर्नुहोस् गोपनीयता नीति or नियम र शर्तहरू.