धान बिक्रीको पर्खाइमा किसान

धान बिक्रीको पर्खाइमा किसान
View on original source
श्रेणी: Business
साझा गर्नुहोस्
अभिलेख
मनपर्यो
बाँके। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बिक्री गर्न स्थानीय किसान प्रतिक्षारत रहे पनि हालसम्म आवश्यक प्रक्रिया सुरु हुन सकेको छैन। लामो समयदेखि सो कम्पनीलाई धान बिक्री गर्दै आएका नेपालगन्ज–१९ का किसान कल्लुबहादुर वलीले यस वर्ष प्रक्रिया सुरु नभएको बताए। खेतबाट धान भित्र्याइसकेका किसान बिक्रीका लागि पर्खाइमा छन्। 'घरभरि धान थुप्रिएको छ, राख्ने ठाउँ छैन। खाद्यले अहिलेसम्म खरिद सुरु गरेको छैन', वलीले भन्नुभयो, 'व्यापारीलाई नदिएर खाद्यलाई धान बिक्री गर्न प्रतिक्षा गरिहेका छाैँ।' कम्पनीले यस वर्ष २० हजार क्विन्टल धान खरिदको कोटा माग गरेकामा १० हजार क्विन्टल मात्र निर्धारण भएको नेपालगन्ज कार्यालयका प्रमुख रामशरण लामिछानेले जानकारी दिए। गत वर्ष मोटा धान १५ हजार र मध्यम धान पाँच हजार गरी २० हजार क्विन्टल खरिद गर्ने लक्ष्य राखिएको थियो। त्यसअघि आर्थिक वर्ष २०८१/८२ मा ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य निर्धारण गरिएकामा नेपालगन्ज कार्यालयले ३२ हजार क्विन्टल खरिद गरेको थियो। कम्पनीले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार ६६० र मध्यम धानको मूल्य रु तीन हजार ८६० निर्धारण गरेको छ। तर व्यापारीले कम्पनीले तोकेको मूल्यभन्दा रु ५०० देखि रु एक हजार ५०० कम मूल्यमा धान खरिद गरिरहेको नेपालगञ्ज–१९ सुयिगाउँका किसान ध्रुव थापाले बताए। 'यस वर्ष धान राम्रो फलेको छ। खाद्यले खरिद गर्ने समयसम्म भण्डारण गरेर राख्ने ठाउँ छैन', उनले भने, 'चाडपर्वको खर्च जुटाउन किसानले व्यापारीलाई सस्तोमा धान बेच्नुपरेको छ।' खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ढिलोगरी खरिद गर्ने र प्रक्रिया झन्झटिलो हुने भएकाले पनि किसानले तोकिएको मूल्यभन्दा प्रतिक्विन्टल रु ५०० देखि रु एक हजारसम्म कममा व्यापारीलाई धान बिक्री गर्नुपरेको थापाले बताए।

(0)टिप्पणीहरू

 

कुकीहरू बारे जानकारी

Newshunt ले तपाईंलाई साइन इन राख्न र तपाईंको भाषा र देश सम्झन आवश्यक कुकीहरू प्रयोग गर्दछ, ताकि साइट तपाईंले अपेक्षा गरेअनुसार काम गरोस्। तपाईंको अनुमतिमा, हामी Newshunt लाई मानिसहरूले कसरी प्रयोग गर्छन् भन्ने बुझ्न र समयसँगै सुधार्न एनालिटिक्स कुकीहरू पनि प्रयोग गर्न चाहन्छौं।

स्वीकार गर्नाले एनालिटिक्समा मात्र असर पार्छ। थप जान्नका लागि, हाम्रो हेर्नुहोस् गोपनीयता नीति or नियम र शर्तहरू.