एनपीएलमा काठमाडौंको लगातार चौथो जित

एनपीएलमा काठमाडौंको लगातार चौथो जित
View on original source
श्रेणी: Sports
साझा गर्नुहोस्
अभिलेख
मनपर्यो
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको २० औं खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १० रनले हराएको छ। यो काठमाडौंको लगातार चौथो जित हो। चितवनको भने यो दोस्रो हार हो। त्रिवि क्रिकेट स्टेडियमा टस हारेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो। काठमाडौंले दिएको १८१ रनको विजयी लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन मात्रै बनाउन सक्यो। अन्तिम ओभरमा जितको लागि १८ रन चाहिँदा चितवनले सेट भएका ब्याटर रवि बोपाराको विकेट गुमायो। १ विकेटको क्षतीमा ७ रन मात्रै जोड्न सक्यो। पावरप्लेमा राम्रो सुरुवात गरेको चितवनको मध्यक्रममा रनरेट सेलायो। चितवनका लागि रवि बोपाराको अर्धशतकीय पारी पनि चितवनको जितको लागि पर्याप्त भएन। रवि बोपाराले ३५ बलमा २ चौका र ३ छक्कासहिथत ५५ रनको अर्धशतकीय पारी खेले। उनले तेस्रो विकेटका लागि डान मौस्लेसँग ५५ रनको साझेदारी बनाए। चितवनले पहिलो विकेटको रुपमा अर्जुन साउदको विकेट गुमायो। अर्जुन २३ रनमा सन्तोष यादवको बलमा बोल्ड भए। दोस्रो विकेट अर्का ओपनर कामिल मिश्राको गयो। उनी २८ रन बनाउँदै बाउन्ड्रीमा आदिल आलमको हातमा क्याच भए। डान मौस्लेले २९ रन बनाए। कुशल मल्लले १३ रन बनाए। काठमाडौं गोर्खाजको लागि बलिङतर्फ साहान अर्राच्चिगेले २ विकेट लिँदा जाहानदाद खान, करण केसी, सन्तोष यादव र गणेश गौतमले १–१ विकेट लिए। त्यसअघि, ब्याटिङ गरेको काठमाडौं गोर्खाजको लागि रासिद खानले सर्वाधिक सर्वाधिक ५२ रन बनाए। उनले ३० बलमा २ चौका र ४ छक्का प्रहार गरे। उनले चौथो विकेटको लागि साहान अर्राच्चिगेसाग ५३ रनको साझेदारी बनाएर खेलेका थिए। काठमाडौंले ओपनरद्वयलाई सस्तैमा गुमायो। काठमाडौैं गोर्खाजले पहिलो विकेटको रुपमा डेविड वार्नरको विकेट गुमायो। वार्नर कमल सिंह ऐरीको बलमा बोल्ड भए। अर्का ओपनर साहिल पटेल ८ रन बनाउँदै क्याच भए। विलियम वासिस्टो १८ र रासिद खान १० रन बनाएर खेलिरहेका छन्। विलियम वासिस्टोले २७, सहान अर्राच्चिगेले ३३ रन बनाए। कप्तान करण केसी २० रन बनाएर एलबीडब्ल्यू आउट भए। सन्तोष यादव ८ र भिम सार्की शुन्यमा अविजित रहे। चितवन राइनोजको लागि बलिङतर्फ, रिजन ढकालले ३, सिकन्दर राजा र कमल सिंह ऐरीले २–२ विकेट लिँदा डान मौस्लेले १ विकेट लिए। काठमाडौं पहिलो खेलमा जनकपुर बोल्ट्सँग ८ विकेटको हार बेहोरेको थियो। दोस्रो खेलमा काठमाडौंले कर्णाली याक्सलाई ४ विकेट, तेस्रो खेलमा विराटनगरलाई ९ विकेट र चौथो खेलमा लुम्बिनी लायन्सलाई ३६ रनले हराएको थियो। चितवन राइनोजले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ रनले हराएको थियो। चितवनले दोस्रो खेल वर्षाका कारण प्रभावित बन्दा लुम्बिनी लायन्ससँग १ अंक लियो। तेस्रो खेलमा चितवन सुदूरपश्चिम रोयल्ससँग ५ विकेटको हार बेहोर्यो। चितवनले चौथो खेलमा पोखरा एभेन्जर्सलाई ३० रनले हराएको थियो।

(0)टिप्पणीहरू

 

कुकीहरू बारे जानकारी

Newshunt ले तपाईंलाई साइन इन राख्न र तपाईंको भाषा र देश सम्झन आवश्यक कुकीहरू प्रयोग गर्दछ, ताकि साइट तपाईंले अपेक्षा गरेअनुसार काम गरोस्। तपाईंको अनुमतिमा, हामी Newshunt लाई मानिसहरूले कसरी प्रयोग गर्छन् भन्ने बुझ्न र समयसँगै सुधार्न एनालिटिक्स कुकीहरू पनि प्रयोग गर्न चाहन्छौं।

स्वीकार गर्नाले एनालिटिक्समा मात्र असर पार्छ। थप जान्नका लागि, हाम्रो हेर्नुहोस् गोपनीयता नीति or नियम र शर्तहरू.