सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट
View on original source
分类: Health
分享
归档
点赞
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि रु २५ करोड ५० लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको चालु आर्थिक वर्षका लागि आइतबार प्रदेशसभामा पेस भएको बजेटमा सुदूरपश्चिम प्रदेशको 'रिफरल अस्पताल'का रूपमा रहेको सेती प्रादेशिक अस्पताल सुधार कार्यक्रम लागू गरिने उल्लेख छ । त्यसका लागि बजेट विनियोजन गरिएको आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले जानकारी दिए । मुख्यमन्त्री खगराज भट्ट पदभार ग्रहण गरे लगत्तै सेती प्रादेशिक अस्पतालको निरीक्षण गर्नुभएको थियो । त्यसपछि उनले अनुगमनलाई निरन्तरता दिएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएपछि उनले अस्पतालको आकस्मिक कक्ष, डायलायसिस सेवा, आइसीयू, गाइनो वार्डलगायत विभिन्न विभागको अनुगमन तथा निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा उनले अस्पतालको सरसफाइ, भौतिक अवस्था र सेवा प्रवाहप्रति असन्तुष्टि जनाउँदै सुधारका लागि अस्पताल प्रशासनलाई निर्देशनसमेत दिएका थिए । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा विशेष गरी सुदूर पश्चिमका नौ वटा जिल्लाका बिरामी उपचारका लागि आउने गरेका छन् । यहाँ बिरामीको चाप, जनशक्ति र पूर्वाधारको व्यवस्थापन चुनौतीका रूपमा देखिएको छ ।

(0)评论

 

关于 Cookie 的说明

Newshunt 使用必要的 Cookie 来保持您的登录状态,并记住您的语言和国家设置,以确保网站按预期运行。在您的许可下,我们还希望使用分析类 Cookie,以了解用户如何使用 Newshunt 并不断加以改进。

同意仅影响数据分析功能,欲了解更多信息,请查看我们的 隐私政策 or 条款与条件.