धनुषाको छ स्थानमा यात्रु सहायता कक्ष स्थापना

धनुषाको छ स्थानमा यात्रु सहायता कक्ष स्थापना
View on original source
分类: Tourism
分享
归档
点赞
जनकपुरधाम । बडादसैँ, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै धनुषाका विभिन्न छ स्थानमा यात्रु सहायता कक्ष र दुई स्थानमा विश्रामस्थल स्थापना गरिएको छ । चाडपर्वका समयमा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले यात्रुहरूको सुरक्षा, सहज आवागमन तथा यात्राका क्रममा हुन सक्ने ठगी र दुर्व्यवहार नियन्त्रण गर्ने उद्देश्यले यात्रु सहायता कक्ष स्थापना गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला ट्राफिक प्रहरी कार्यालय जिरोमाइल, धनुषाको समन्वयमा जनकपुरधाम बसपार्क, रामानन्द चोक, मुजेलिया, ढल्केवर, लालगढ र पोर्ताहामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । यात्राका क्रममा टिकट तथा भाडादरसम्बन्धी गुनासो, ठगी, दुर्व्यवहार तथा अन्य समस्यामा परेका यात्रुलाई आवश्यक सहयोग उपलब्ध गराउनुका साथै हराएका सामानको खोजतलास र आकस्मिक सुरक्षासम्बन्धी सहजीकरण गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । यसैगरी यात्रुहरूलाई यात्राका क्रममा सहजता प्रदान गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला ट्राफिक प्रहरी कार्यालय जिरोमाइलको अगाडि शुद्ध खानेपानी तथा शौचालयको सुविधासहित विश्रामस्थल स्थापना गरिएको छ । प्रहरीले यात्राका क्रममा कुनै समस्या परेमा नजिकको प्रहरी कार्यालय वा यात्रु सहायता कक्षमा सम्पर्क गर्न आग्रह गरेको छ । साथै, आकस्मिक सहायता आवश्यक परेमा प्रहरीको टोलफ्री नम्बर १०० वा ट्राफिक प्रहरीको नम्बर १०३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

(0)评论

 

关于 Cookie 的说明

Newshunt 使用必要的 Cookie 来保持您的登录状态,并记住您的语言和国家设置,以确保网站按预期运行。在您的许可下,我们还希望使用分析类 Cookie,以了解用户如何使用 Newshunt 并不断加以改进。

同意仅影响数据分析功能,欲了解更多信息,请查看我们的 隐私政策 or 条款与条件.