प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु
View on original source
分类: Entertainment
分享
归档
点赞
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले शुक्रबारदेखि आयोजना गरेको बृहत् पुस्तक प्रदर्शनीमा करिब दुई दर्जन प्रकाशन गृहका पुस्तक प्रदर्शनीमा राखिएको छ। प्रदर्शनीको शुभारम्भ गर्दै प्रतिष्ठानका उपकुलपति अविनाश श्रेष्ठले मानव चेतनाको विकासका लागि प्रदर्शनीले सहयोग गर्ने विश्वास व्यक्त गरे। यस वर्ष प्रतिष्ठान परिसरमा पुस्तक प्रदर्शनीको तयारी गरिए पनि वर्षाका कारण केही दिन भानुभक्त प्रदर्शनी कक्षमा गरिने र वर्षा रोकिएपछि परिसरमा प्रदर्शनीलाई निरन्तरता दिइने जानकारी पनि उनले दिए। परिसरमा सारेपछि निजी क्षेत्रका प्रकाशन गृहले पनि प्रदर्शनी कक्ष राखेर प्रदर्शनीले निरन्तरता पाउने छ। नेपाली भाषा, साहित्य, कला, संस्कृति, दर्शन तथा ज्ञान–विज्ञानसम्बन्धी पुस्तकहरूको प्रवर्द्धनका लागि प्रतिष्ठानले आजदेखि असोज १८ गतेसम्म बृहत् प्रदर्शनीको आयोजना गरेको हो । प्रदर्शनीका लागि नेपालका प्रमुख प्रकाशन गृहले आवेदन दिएको प्राज्ञ परिषद् सदस्य नवीन अभिलाषीले जानकारी दिए। प्रज्ञाले सरकारी प्रकाशन गृह बाहेकलाई सहभागी गराएर पहिलोपटक पुस्तक प्रदर्शनी गराउन लागेको पनि उनले सुनाए। प्रदर्शनीमा साझा प्रकाशनलगायत सबैजसो सरकारी प्रकाशनका पुस्तकको कक्ष पनि रहने पनि उनले सुनाए। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय अभिलेखालयलगायतका सरकार मातहतका प्रकाशन पनि पुस्तक प्रदर्शनीमा राखिएको छ। पठन संस्कृतिको विकास तथा पाठक र प्रकाशकबीचको सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्यले प्रतिष्ठानको आयोजनामा आजदेखि असोज १८ गतेसम्म कमलादीस्थित प्रतिष्ठान परिसरमा बृहत् पुस्तक प्रदर्शनी–२०८३ आयोजना गरिएको हो। यसअघि असोज १२ गतेदेखि २३ गतेसम्म प्रदर्शनी गर्ने भनिएकामा विशेष कारणवश आजदेखि असोज १८ गतेसम्म आयोजना गर्न लागिएको पनि उनले बताए। प्रदर्शनीमा प्रज्ञा प्रतिष्ठानका प्रकाशनमा ४० प्रतिशतसम्म सहुलियतमा पुस्तक बिक्री गरिएको छ। ललितकला प्रज्ञा प्रतिष्ठानका पुस्तकमा भने ५० प्रतिशतसम्म सहुलियतमा बिक्री भइरहेको छ । प्रदर्शनी कक्षमा नेपाली भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन, समाजशास्त्र, बालसाहित्य, लोकसाहित्य तथा अन्य ज्ञानमूलक एवं सिर्जनात्मक विधाका पुस्तकहरू प्राथमिकताका साथ राखिएको छ । प्रत्येक सहभागी प्रकाशन गृह/संस्थालाई आयोजकले निर्धारण गरेको मापदण्ड तथा उपलब्धताका आधारमा निःशुल्क कक्ष उपलब्ध गराइएको छ। प्रत्येक सहभागी प्रकाशन गृह/संस्थाले प्रदर्शनीको समयावधिभर कक्ष राख्नुपर्ने नियम बनाइएको छ । कक्ष तथा प्रदर्शनीस्थलको व्यवस्थापन, पुस्तकको प्रदर्शन, बिक्री–वितरण, सरसफाइ र सुरक्षासम्बन्धी आवश्यक सम्पूर्ण व्यवस्था सहभागी प्रकाशन गृह/संस्था आफैँले गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

(0)评论

 

关于 Cookie 的说明

Newshunt 使用必要的 Cookie 来保持您的登录状态,并记住您的语言和国家设置,以确保网站按预期运行。在您的许可下,我们还希望使用分析类 Cookie,以了解用户如何使用 Newshunt 并不断加以改进。

同意仅影响数据分析功能,欲了解更多信息,请查看我们的 隐私政策 or 条款与条件.