दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
View on original source
分类: Financial
分享
归档
点赞
नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई 'एटिएम मेसिन'बाटै रु १०० का नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएम मेसिनबाट रु १०० का नोट पनि वितरण गर्न थालेका छन्।नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको अवस्थामा नयाँ नोटबारे अनावश्यक प्रचारप्रसार नगरी चाडपर्वलाई लक्षित गर्दै राष्ट्र बैंक र वाणिज्य बैंकबाट सुकिला र सफा नोट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिए।'एकातर्फ पैसा सटही गर्ने काम दैनिक गर्नुपर्ने नियमित काम जस्तै हो। यसलाई सूचना नै निकालेर गरिरहनुपर्छ भन्ने छैन', उनले भने, 'चाडपर्वकै मुखमा भोटेकोशी बाढीले ठूलो जनधनको क्षति भएकाले पनि राष्ट्र बैंकले दसैँ मनाउन भनी सूचना जारी गर्न पनि उपयुक्त देखिदैन। हामीले यो ढङ्गले गर्न लागेका हौँ।'प्रवक्ता पौडेलले यही असोज १ गतेदेखि राष्ट्र बैंकको थापाथली, राष्ट्र बैंकका प्रादेशिक कार्यालय र वाणिज्य बैंकबाट सुकिला र सफा नोट दिने काम भइरहेको जानकारी दिए।प्रवक्ता पौडेलले पनि विगत ४/५ वर्षदेखि राष्ट्र बैंकले चाडपर्व लक्षित गर्दै नयाँ नोट बजारमा ल्याउने परिपाटीलाई क्रमशः न्यूनीकरण गर्ने प्रयास गरिरहेको बताए।उनले भने, 'गत भदौ ३१ गतेसम्म रु सात खर्ब ९४ अर्ब करेन्सी इन सर्कुलेसन भएको छ। सो रकमको करिव ८ देखि १० प्रतिशतसम्मको रकम दसैँमा वृद्धि हुने अनुमान गरेका छौँ।'

(0)评论

 

关于 Cookie 的说明

Newshunt 使用必要的 Cookie 来保持您的登录状态,并记住您的语言和国家设置,以确保网站按预期运行。在您的许可下,我们还希望使用分析类 Cookie,以了解用户如何使用 Newshunt 并不断加以改进。

同意仅影响数据分析功能,欲了解更多信息,请查看我们的 隐私政策 or 条款与条件.