चार देशका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

चार देशका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै
View on original source
分类: Politics
分享
归档
点赞
काठमाडौँ । संघीय संसद्‌अन्तर्गतको संसदीय सुनुवाइ समितिको १७औँ बैठक सोमबार बस्दै छ। सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ९:१५ बजे बैठक बस्न लागेको हो। बैठकको सुरुमा प्रस्तावित राजदूतहरूविरुद्ध परेका उजुरीबारे छलफल हुने कार्यसूची छ। 'प्रस्तावित राजदूतहरूउपर प्राप्त उजुरीका सम्बन्धमा उजुरीकर्तालाई समितिमा आमन्त्रण गरी छलफल गरिनेछ,' सूचनामा भनिएको छ । उजुरीकर्तासँगको छलफल सकिएपछि चार देशका लागि सिफारिस भएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ सुरु हुनेछ। समितिले भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डे र चीनका लागि प्रस्तावित डा. कल्याणराज शर्मालाई सुनुवाइका लागि बोलाएको छ। यसैगरी अमेरिकाका लागि प्रस्तावित चिरनजंग थापा र बेलायत (संयुक्त अधिराज्य) का लागि प्रस्तावित राजदूत गौरवशमशेर जबराको पनि सोही दिन सुनुवाइ हुनेछ। यी चारै जनालाई सुनुवाइका लागि समितिसमक्ष आमन्त्रण गरिएको छ। यी मुख्य कार्यसूचीका अतिरिक्त बैठकमा अन्य विविध विषयमा पनि छलफल हुने समितिले जनाएको छ। समितिका सहसचिव लक्ष्मीप्रसाद गौतमले एक सूचना जारी गर्दै सदस्यहरूलाई बैठकमा उपस्थित हुन आग्रह गरेका छन्।

(0)评论

 

关于 Cookie 的说明

Newshunt 使用必要的 Cookie 来保持您的登录状态,并记住您的语言和国家设置,以确保网站按预期运行。在您的许可下,我们还希望使用分析类 Cookie,以了解用户如何使用 Newshunt 并不断加以改进。

同意仅影响数据分析功能,欲了解更多信息,请查看我们的 隐私政策 or 条款与条件.