दलित समुदायको परिभाषा र थरको विस्तृत सूचीकरण राजपत्रमा प्रकाशित

दलित समुदायको परिभाषा र थरको विस्तृत सूचीकरण राजपत्रमा प्रकाशित
View on original source
分类: Blend
分享
归档
点赞
काठमाडौँ। सरकारले दलित समुदायको आधिकारिक परिभाषासहित उनीहरूले प्रयोग गर्ने थर तथा उपथरको विस्तृत सूचीकरण गरेको छ । राष्ट्रिय दलित आयोगको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले स्वीकृत गरेको दलित समुदायको परिभाषा र थर सूचीकरणसम्बन्धी विवरण महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार नेपाल राजपत्रमा प्रकाशन गरेको हो। मन्त्रालयको वेबसाइटमा पनि राष्ट्रिय दलित आयोगबाट सिफारिस भएको दलित समुदायको थर सूचीसम्बन्धी सूचना प्रकाशित गरिएको छ । राजपत्रमा दलित समुदायको परिभाषा दिँदै विगतमा वर्णाश्रम व्यवस्थाका आधारमा अछुतको व्यवहार गरिएका तथा आर्थिक, राजनीतिक, सामाजिक–सांस्कृतिक, शैक्षिक, रोजगारीलगायत राज्यका समग्र क्षेत्रमा उत्पीडन, अपमान र बहिष्करणमा पारिएका समुदायलाई दलित समुदायका रूपमा परिभाषित गरिएको छ । त्यस्तै, श्रम, सीप र कलाका माध्यमबाट राज्य निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएका ऐतिहासिक श्रमजीवी समुदायलाई समेत दलित समुदायअन्तर्गत समेटिएको छ । राजपत्रमा दलित समुदायलाई मुख्यतः पहाडी दलित र मधेसी दलित गरी दुई भागमा वर्गीकरण गरिएको छ । दुवै समूहअन्तर्गत विभिन्न समुदायले प्रयोग गर्ने थर तथा उपथरहरूको विस्तृत विवरण समावेश गरिएको छ । पहाडी दलितअन्तर्गत विश्वकर्मा, परियार, मिजार, वादी, गन्धर्व, च्यामे र पोडे समुदायलाई समेटिएको छ । विश्वकर्मा समुदायअन्तर्गत कामी, लोहार, सुनार, टमटा, गदाल, वड, बर्देवा, रसाइली, विश्वकर्मा, पोर्तेल, दियालीलगायत ३४८ थर सूचीकृत छन् । त्यस्तै परियार समुदायअन्तर्गत दमाई, दर्जी, सूचिकार, नगर्ची, तिरुवा, बैज, सुन्दास, परियारलगायत २७१ थर राखिएका छन् । मिजार समुदायअन्तर्गत सार्की, चमार, रोक्का, तोलाङ्गे, भुल, मंगराती, गोतामेलगायत २२९ थर समावेश छन् । वादी समुदायअन्तर्गत नेपाली, बैकार, भाट, रावल, वैश्य, बादीलगायत ३७ थर तथा गन्धर्व समुदायअन्तर्गत गायन, गायक, कालोपौडेल, मेघनाथ, सुर, रसाइलीलगायत १६ थर सूचीकृत गरिएको छ । त्यस्तै च्यामे समुदायअन्तर्गत कुचीकार, च्यामेखल, च्यामे र सुइफर तथा पोडे समुदायअन्तर्गत जलारी, जालनधर, देउला, पुजारी र पोडे थर समावेश छन् । राजपत्रमा दलित समुदायले प्रयोग गर्ने तर गैरदलित समुदायसँग पनि मिल्ने थरलाई समेत छुट्टै सूचीकरण गरिएको छ । यसअन्तर्गत खड्का, अधिकारी, थापा, पाण्डे, खनाल, शर्मा, दाहाल, पोखरेललगायत २१४ थर सूचीकृत गरिएको छ । मधेसी दलितअन्तर्गत २१ वटा जाति तथा समुदाय समेटिएका छन् । यसमा चमार, मुसहर, दुसाध (पासवान), तत्मा, खत्वे, धोबी, बाँतर, कोरी, डोम, खटिक, नटुवा, ढाँढी, चिडिमार, ककैहिया, कलर, धन्कार, पासी, मेस्तर, सरभङ्ग र उराँवलगायत समुदाय छन् ।

(0)评论

 

关于 Cookie 的说明

Newshunt 使用必要的 Cookie 来保持您的登录状态,并记住您的语言和国家设置,以确保网站按预期运行。在您的许可下,我们还希望使用分析类 Cookie,以了解用户如何使用 Newshunt 并不断加以改进。

同意仅影响数据分析功能,欲了解更多信息,请查看我们的 隐私政策 or 条款与条件.